ताजा अपडेट »

रुपन्देहीको सैनामैनाका एक युवा मृत अवस्थामा फेला

विहीबार, १६ असार २०७९, १० : ११
4 Shares

बुटवल । रुपन्देहीको सैनामैना-१ बोलबम मार्गमा एक युवा मृत अवस्थामा फेला परेका छन् । सैनामैनाको बोलबम मार्गदेखि करिब ५० मिटर उत्तरतर्फ सडक छेउमा  साइकलसँगै लडेको अवस्थामा फेला परेपछि स्थानीयले प्ररीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय रनौरा मुर्गियाका प्रमुख जीवन लामिछानेका अनुसार बुधबार साँझ आफू बस्ने कोठामा जाँदै गर्दा सैनामैना-४ सदवोदराका ३० वर्षीय दिपक कुमाल बाटोमा लडेर मृत्यु भएको हो । घटनाको प्रकृति हेर्दा आफै अनियन्त्रित भई सडक छेउमा लडेको देखिन्छ भने उनको निधारमा सामान्य चोट समेत लागेको लामिछानेले बताए । शवलाई थव अनुसन्धानका लागि पोस्टमार्टम गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।

सैनामैना-४ मा घर भएका उनी सैनामैनाकै वा नम्बर-१ मा कोठा भाडामा बस्दै आएका थिए । परिवारका अनुसार बुधबार साँझ करिब ९/१० बजेको समयमा कोठामा जानका लागि घरबाट हिँडेका थिए । घरमै मदिरा सेवन गरेका उनी बीच बाटोमा समेत थप मदिरा सेवन  गर्दा घटना घटेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । परिवारले रातको करिब १२/१ बजेको समयमा सम्पर्क गर्दासम्म उनलाई फोन लागेको थियो ।

उता, तिलोत्तमाको मणिग्राममा घाइते भई व्यभारिसे अवस्थामा भेटिएका एक पुरुसको आज विहान मृत्यु भएको छ । सडक छेउमा घाइते अवस्थामा भेटिएका अन्दाजी ५०/५५ वर्षका पुरुषलाई स्थानीयले उद्दा गरि क्रिमसन अस्पताल मणिग्राम लगेका थिए । उक्त अस्पतालले थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठकबहादुर केसीका अनुसार उपचारकै क्रममा आज विहान ६ बजे उनको मृत्यु भएको छ । सडकमा मागी खाने जस्तो देखिने ती पुरुषको अन्य परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।