ताजा अपडेट »

एमाले निकट युवा संघको धान राेपाइँमा कुटाकुट

बुधबार, १५ असार २०७९, २१ : ५०
4 Shares

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालकाे राष्ट्रिय धान दिवस कार्यक्रममा कुटाकुट भएकाे छ। संघले ललितपुरकाे फर्सीडोलमा आयाेजना गरेकाे राेपाइँ कार्यक्रममा रेस्लर अस्मिता जुरेली र युवा संघ कार्यकर्ताबीच कुटाकुट भएकाे हाे।

कार्यक्रममा एमालेका महासचिव शंकर पोख्ररेल, नेता महेश बस्नेत, नेत्री करिशमा मान्नधार तथा रेसलर भगवती खड्का, अस्मिता जुरेली लगायतकाे सहभागीता रहेकाे थियाे।

राेपाइँमा रमाइलाे गर्दा गर्दै एक युवक र जुरेलीबीच भनाभन भएपछि कुटाकुट सुरू भएकाे थियाे। जुरेलीले ती युवकलाई झापड हानेकाे दृश्यमा देखिन्छ।

धान राेप्दा राेप्दै लफडा भएपछि अभिनेत्री करिश्मा मानन्धर खेतबाहिर निस्किएकी थिइन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।