ताजा अपडेट »

असारे–१५ः ‘हिलोमा रमाउनेहरुको दाउ–१७’

बुधबार, १५ असार २०७९, २१ : २३
22 Shares


गुल्मी। कतिपय मेला–पर्वहरु नचिनेको मान्छेसंग बोल्न र कहिल्यै नबोलेको मान्छेसंग मनका कुरा खोल्न निकै सजिलो अवसर हो भन्ने कुरा यस अघि र बुधबार गुल्मीमा मनाइएको १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विशेष कार्यक्रमबाट पनि अनुभूत गर्न सकिन्थ्यो ।

संयुक्तरुपमा आयोजक थिए कृषि ज्ञान केन्द्र गुल्मी, इस्मा गाउँपालिका र धान पकेट समन्व्य समिति इस्मा–६ । स्थान थियो सोही वडाको प्रसिद्ध जाब्लुङ्ग फाँट । चारै तर हरियाली जंगल, बीचमा मोटरबाटो , छेउँमा पनाहखोला र बीचमा पराकिलो त्यो जाब्लुङ्गफाँट । जहाँ धान रोपाँईका क्रममा हिलो छ्यापा–छ्याप पछि कतिपय यस अघि कहिल्लै चिनजान नभएकाहरु पनि परिचय आदन प्रदान गर्दै थिए ।

सधै भद्र रुपमा प्रस्तुत हुँदै आएको बताइने एउटीले एउटालाई आएर एक्कासी मालिसको शैलीमा हिलोले शरिरमा घरको भित्ता पोते झैं पोतेको देख्दा लाग्थ्यो असारे १५ , हिलो छ्याप्ने नाममा जिस्किन र बोलचाल गर्न चाहनेहरुका लागि कौडा खेल्नेहरुलाई झैं १७ को दाउ हो । धान त रोप्नु के नै थियो र रु बालपनमा झैं खेत रोपाँईमा संङ्गि–साथीहरु बीच हिलो छ्यापछ्यापको धोको मेटाउनु न हो रु त्यही धोको मेटाइयो आजको असारे १५ मा पनि ।

नरुझी– कसैसंग नचली धान मात्रै रोपेर निस्कन्छु भन्नेहरुले पनि आजको दिन सुख पाएनन् । बाली गीत गाउँदै छुपछुप धान रोप्दै थिए दिदी बहिनीहरु । एक्कासी हिलाम्मे युवाहरुको हुल आयो । हातभरी बोकेको हिलो टाउँकोमा ल्याएर खनाई दियो । फेरी अर्को आयो र थप हिलाम्मे पा¥यो । भाग्ने क्रममा उनको लडेर शरिर हिलोमा डुब्यो । त्यसपछि त के कम रु लौतो जा।।भन्दै उचाल्दै झेक्दै... केहिबेर त स्थिती नियान्त्रण भन्दा बाहिर देखिन्थ्यो । त्यसरी हिलो छ्याप्ने र जिस्कीनेहरुको भिड एकातिर थियो भने बाजा तालमा झुम्नेहरुको भिड अर्कोतिर ।

तर, बाली गीत निकाल्ने बुढापाकाहरु सरकारमा अल्पमतमा परेको सानो दल जस्तै बनेका थिए भने प्रचलित झामे्र गाउँने र बाजातलामा नाच्नेहरु प्रचण्ड बहुमतमा थिए । त्यो देख्दा लाग्थ्यो अब असारे १५ का गीतहरु प्नि तिज गीत झैं झाम्रेमा परिणत हुँदैछन् । निकाल्न खोज्दै थिए बुढापाका महिला पुरुषहरु ‘खै तो बा खै तो …’ तर, ‘जौं भन्दा गहुँ भयो यो मायालाई बिर्सन धौं भयो’ भन्ने झाम्रो निकाल्नेहरुले बिचमै तुहाई दिएका थिए ।


सिमसिमे पानी परिरहेको थियो बाहिरबाट हेर्नेहरुलाई जाडो भईरहेको थियो तर धान रोपाँईको गरामा पसेर हिलो छ्यापाछ्पा गर्नेहरुले भने खलखली पसिना काडिरहेका थिए । निकै रमाईलो भयो । तर साँझ पर्नै आँट्यो, थप जिस्कीन चाहनेहरुको धोको मन मै रह्यो । सादय स्मृतिको पानामा गड्यो ।

एउटी पाको उमेरकी वाली गाउने दिदी सोद्धै थिइन्‘कति वर्षपछि यो खेतमा भेट भइयो भाई ? भनेर । जवाफ ‘दुई वर्षपछि ।’ हो , कोरोना महामारीपछि बधबार असारे १५ को रौनकसंग दुई वर्ष पछि भेट भएका हुन गुल्मीबासी ।

जहाँ जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्याल , धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, इस्मा गाउँपालिका प्रमुख भगतसिंह ख्ड्का , रेसुङ्गा नगरपालिका उपप्रमुख अमृता देवी कुँवर , इस्माका उपप्रमुख पार्वती कुँवर, धुर्कोटका उपप्रमुख सीता गिरि , इस्माका पूर्व उपप्रमुख विमला खत्री लगायतका जनप्रतिनिधीहरु पनि धान रोपाँईमा सहभागि थिए ।

कृषकहरुलाई प्रोत्साहित गर्न र रोपाइँ महोत्सवको सांस्कृत संरक्षण गर्न आफु जनप्रतिनिधीहरु पनि जनता संग सहभागि भएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल बताउँदै थिए । आयोजक संस्था कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कोरोना महामारीका कारण दुई बर्ष सम्म रोकिएको रोपाँई महोत्सवलाई यसपाली बिशेष बनाईएको र धेरैको उत्साहजनक सहभागिता रहेको भन्दै खुशी प्रकट गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।