ताजा अपडेट »

काठमाडौंमा १४ जनामा हैजाको संक्रमण पुष्टि

बुधबार, १५ असार २०७९, २० : २३
2 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका विरामीको संख्या १४ जना पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आरडिटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । 

ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाई जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ । हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।