१ भाद्र २०७९, बुधबार

Aug 17, 2022


काठमाडौं ।  आज १५ असार अर्थात धान दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज धान दिवस मनाईदै छ । धान दिवस मनाइने नेपालमा वर्षेनी अर्बौं रुपैयाँको धान विभिन्न देशबाट भित्रिने गर्छ । यो तथ्य भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

Advertisement

पछिल्लो एघार महिनामा मात्र विश्वका विभिन्न देशबाट १६ अर्ब ७९ करोड १७ लाख ४९ हजार रुपैयाँको धान नेपाल भित्रिएको पाइएको छ ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिना अर्थात २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको धान नेपालले आयात गरेको हो । 

चालु आर्थिक वर्षमा प्रत्येक महिना औषतमा १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको धान नेपालले आयात गर्दै आएको छ । धान आयातको गति यही रहे चालु आर्थिक वर्षमा नेपालले करिव साढे १८ अर्ब रुपैयाँको धान आयात गर्ने देखिन्छ । पछिल्लो एघार महिनामा नेपालले विभिन्न देशबाट ५४ करोड ५१ लाख १७ हजार २१० केजी धान आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले झन् ठूलो मात्रामा धान आयात गरेको थियो । विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालले २० अर्ब ५४ करोड ९९ लाख ९६ हजार रुपैयाँको ६९ करोड ८० लाख ६१ हजार ७२८ केजी धान आयात गरेको थियो । 

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा १० अर्ब ४७ करोड ९७ लाख १३ हजार रुपैयाँको ५ करोड ७५ लाख ९७ हजार ४६९ केजी र २०७५/७६ मा ६ अर्ब ८४ लाख ६० लाख ५० हजार रुपैयाँको धान विभिन्न देशबाट नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । धान मात्र होइन नेपालमा विभिन्न देशबाट ठूलो मात्रामा चामल पनि भित्रने गरेको छ । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो एघार महिनामा २७ अर्ब १२ करोड ७ लाख ९९ हजार रुपैयाँको चामल नेपालले आयात गरेको छ । 

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३० अर्ब २३ करोड ६९ लाख ५१ हजार रुपैयाँ, २०७६/७७ मा २३ अर्ब १७ करोड १७ लाख १५ हजार रुपैयाँ र २०७५/७६ मा २५ अर्ब ७४ करोड ९० लाख रुपैयाँको चामल नेपालले आयात गरेको विभागले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण