ताजा अपडेट »

भैरहवाका रेखा जयसवाल र राकेश जयसवाल सहितलाई २२ करोड राजस्व चुहावटको आरोप

बुधबार, १५ असार २०७९, १७ : ११
6 Shares

भैरहवा । भन्सार छली गरि ल्याईएका सामाग्री ढुवानी गरि करोडौको राजस्व छलेको आरोपमा अनुसन्धान बिभागले भैरहवाका २ जना ब्यवसायी सहित अन्यलाई मुद्दा दर्ता गरेको छ ।

विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मनकामना सप्लायर्स रुपन्देही तथा राज फेन्सी कर्नर उल्लेख गरी मालवस्तु ढुवानी गर्दा २२ करोड १९ लाख ४६ हजार ७ सय ३ रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा जयसवालद्धय सहित लाई मुद्दा दर्ता गरेकोे हो ।

पशुपति रोड क्यारियर नेपाल प्रालिका सञ्चालकहरू महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता, भारतीय नागरिक ओमप्रकाश भनिने उपेन्द्रकुमार सिंह र अन्जियन आलम, न्यु मनकामना सप्लायर्स सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ का प्रोपाइटर रेखा जयसवाल, मुख्य कारोबारी सोही ठाउकै राकेशप्रसाद जैसवाल विरुद्ध २१ करोड ८५ लाख १३ हजार २०२ रूपैयाँ बिगो कायम गरिएको छ । उक्त सप्लायर्सले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरी मालवस्तु पठाएको तर उक्त मालवस्तुहरू अन्य विभिन्न फर्महरूले विना बिलबिजक बुझिलिएको बिभागको भनाई छ ।

विभिन्न फर्महरूले भन्सार नाका प्रयोग गरी प्रज्ञापन पत्रसमेत नभरी सामान आयात गरी विभिन्न मालसामान खरिद बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांश करलगायतका राजस्व नतिर्ने तथा अर्कैको नाममा व्यवसाय सञ्चालन गरी तिर्नुपर्ने कर राजस्व नबुझाई आफूले लाभ लिई राजस्व चुहावट गरेको भन्दै मुद्दा दर्ता गरिएको बिभागद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । बिभागले राजस्व छलीकै आरोपमा अन्य फर्महरुलाई पनि मुद्दा दर्ता गरेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा