ताजा अपडेट »

रुपन्देही तिलोत्तमाको एक फाइवर फ्याक्ट्री डुबानमा, ३५ लाखको क्षति

मंगलबार, १४ असार २०७९, १२ : ५७
8 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा डुबानमा परेको छ । गयरातिको अबिरल वर्षाका कारण तिलोत्तमा–२ , देवकोटा पथमा रहेको सापकोटा फाइवर डुबानमा परेको हो ।

डुबान हुँदा फ्याक्ट्रीमा रहेका कच्चा प्रदार्थमा क्षेति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले ग्लोबल आवाजलाई जानकारी दिए । उक्त फ्याक्टरी डुबानमा पर्दा करिव ३५ लाख बराबरको क्षति भएको फ्याक्ट्रीका संचालक देबेन्द्रप्रासद भटट्राईले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।