ताजा अपडेट »

रुपन्देहीमा खेतमा काम गर्न गएका रामनाथको चट्याङ्ग लागेर मृत्यु

मंगलबार, १४ असार २०७९, ११ : २७
6 Shares

बुटवल । रुपन्देहीमा वर्षासँगै परेको चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले ग्लोबल आवाजलाई जानकारी दिए ।

मंगलबार बिहान खेतमा काम गर्न गएका उनको खेतमा चट्याङ्ग लागेर मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको शवलाई पोष्टमार्टनका लागि भैरहवा स्थित भिम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।