ताजा अपडेट »

पेस्तोलसहित दुई जना पक्राउ

सोमबार, १३ असार २०७९, २२ : १३
4 Shares

काठमाडौं । धादिङबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका-२ अक्थलीस्थित पशुराम तामाङको घरमा डेरामा गरी बस्‍ने वडा नम्बर २ झार्लाङ घर भएका २५ वर्षीय सुनील तामाङ र २५ वर्षीय अविनाश तामाङ रहेका छन्  ।

कोठामा अवैध रुपमा हातहतियार पेस्तोल लुकाएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो  ।

प्रहरीले उनीहरूको साथबाट पेस्तोल  एक थान, खुकुरी एक थान र मोबाइल सेट तीन थान बराममद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।