ताजा अपडेट »

पाल्पाली समाज युएईको अध्यक्षमा ओम कुमारी खाँण

सोमबार, १३ असार २०७९, १८ : ५४
8 Shares

युएई । बैदेशिक रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेटेस युएईमा रहेका पाल्पा जिल्लाबासी नेपाली युवाहरूद्वारा स्थापित समाज युएईको अध्यक्षमा ओम कुमारी खाँण निर्वाचित भएकी छन्।

संस्थाको आइतबार युएईको बरदुबइमा सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा खाँणसहित बरिष्ठ उपाध्यक्षमा कैलाश अर्याल, प्रथम उपाध्यक्षमा गुम बहादुर राम्जाली, मा उपाध्यक्ष बिष्णु प्रसाद बस्याल,अमित बिस्वकर्मा कृष्ण प्रसार तिमिल्सिना , महिला उपाध्यक्षमा सीता बस्याल, महासचिवमा खुम प्रसाद न्यौपाने, सचिबमा तिलकराम बस्याल, कोषाध्यक्षमा डिल्लीराज भट्टराई,सह–सचिबमा राजु बस्याल, सह–कोषाध्यक्षमा टंक परियार प्रवक्तामा दिनानाथ गैरे तथा सदस्यहरूमा राजेश अधिकारी ,पदम प्रसाद गैरे, शेष नारायण बन्जाडे , मन बहादुर नेपाली ,शंकर प्रसार गैरे, नारायण पराजुली ,रामचन्द ढकाल , माया बस्याल सापकोटा,कालिदास बश्याल ,जीवन बश्याल एक देव बश्याल ,सोमनाथ सापकोटा , राजेश गैरे, रहेका छन्।

अन्य केही सदस्य तथा पदाधिकारिहरू संस्थाको प्रथम भेलामा चयन गरिने बताइएको छ। सो कार्यकम ओम कुमारि खाडको अध्यक्षता, नेपाली समाज युएईका महासचिब बेदप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाली समाजका महासचिव बेद प्रसाद अर्याल, पार्सद अध्यक्ष राम मोक्तान, खुम बहादुर आले, बरूण खनाल लगायतले बोल्दै बिदेशमा स्थापित यस्ता संस्थाले अफ्यारो परिस्थितिमा साथ दिने भएकाले समाजमा जोडिन आग्रह गरे।

कार्यक्रममा निर्वाचन समिति संयोजक कृष्ण प्रसाद आचार्यले नबनिर्वाचित पदाधिकारिहरूलाइ प्रमाण पत्र प्रदान गरेका थिए । बरदुबईस्थित सिन्धपन्जाव रेष्टुरेन्टमा भएको सो कार्यक्रम कृष्ण प्रसाद तिमिल्सिना को स्वागत तथा माधव गैरेको संचालनमा भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।