ताजा अपडेट »

गोठमा आगलागी हुँदा १२ पशुचौपाया मरे

सोमबार, १३ असार २०७९, १७ : १९
4 Shares

लमजुङ ।  लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाया निकासिएर मरेका छन् । सोमबार बिहान बेँसीशहर नगरपालिका वडा नम्बर ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा अचानक आगलागी हुँदा १२ वटा चौपाया मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

उनका अनुसार  गोठको भित्रपट्टि खोरमा रहेका ६ वटा बाख्रा, २ वटा बोका, ३ वटा खसी र १ वटा माउ बाख्रा आगलागी हुँदा निसास्सिएर मरेका हुन् । 

त्यस्तै, एउटा  भैँसी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयहरूले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।