ताजा अपडेट »

पाल्पाको रिब्दिकोटमा १२ वर्षीया बालिकामाथि करणी गर्ने युवा पक्राउ

सोमबार, १३ असार २०७९, १५ : १३
4 Shares

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिकामा १२ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । रिब्दिकोट–६ का स्थानीइ ३१ वर्षीय भक्तबहादुर झेडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यही असार ७ गते स्थानीय जङ्गलमा लगेर बालिकालाई ललाईफकाई गरी करणी गरेको प्रहरीले जनाएको छ । बालिकाले घटना बारे आफ्नो परिवारलाई बताएपछि असार १२ गते आइतबार प्रहरीमा उजुरी परेपछि झेडीलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।