ताजा अपडेट »

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

सोमबार, १३ असार २०७९, १२ : २०
6 Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार बिहान शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । 

त्यस्तै, नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई भने प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ गराएका छन् । शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दैछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।