ताजा अपडेट »

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सोमबार, १३ असार २०७९, ११ : ३५
2 Shares


सप्तरी ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो । 

पैदल हिडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो । 

जिपको ठक्करबाट उनको टनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।