२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022


काठमाडौं ।  गत जेठ २२ गते प्रदेश नं.१ मा प्रवेश गरेको मनसुन प्रणाली असार १२ गतेसम्म आइपुग्दा सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । योसँगै देशभर मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ । 

Advertisement

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारदेखि बिहीवारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आईपुग्ने सम्भावना रहेकोले मनसुन थप सक्रिय हुने देखिएको छ ।यसको प्रभावले गर्दा मंगलवार देखि बिहिवार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही मंगलबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी पर्ने महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरुमा आज भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । मंगलबार राती देखि बुधबार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी धेरै स्थानहरुमा मध्यम वर्षा÷झरी भई केही स्थानहरुमा भारी बर्षा र थोरै स्थानहरुम धेरै–भारी वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी भई यस प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा भारी बर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ । 

कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी भई एक–दुई स्थानमा भारी बर्षाको समेत संभावना रहेको छ । 

बिहिवार गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । 

‘तसर्थ मंगलबार देखि बिहिबार सम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (मभदचष्क ायिध) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले आज एक विज्ञप्ति जारी गरी भनेको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…