ताजा अपडेट »

‘सिमान्तकृत वर्गका महिलामाथि हुने हिंसा अन्त्यमा सबै लाग्नुपर्छ’

सोमबार, १३ असार २०७९, १० : ३८
8 Shares

बुटवल । महिलाहरुमाथी हुने हिंसा अन्त्यका लागि सबै लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन। उनिहरुले सिमान्तकृत समुदायका महिलाहरुमाथी अन्य समुदाय भन्दा बढी हिंसा हुने गरेको बताउदै यसको अन्त्यको लागि सबैको सहकार्य जरुरी रहेको बताए।

मानव अधिकारको लागि महिला,एकल महिला समूह रुपन्देहीको आयोजनामा सिमान्तकृत बर्गका महिलाहरुमाथि भईरहेको हिंसा सम्बन्धि छलफलमा बोल्ने बक्ताहरुले महिला हिंसा अन्त्यका लागि प्रहरी, प्रशासन, नागरिक समाज तथा ब्यक्तिहरु लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कुनै समुहमाथी हुने महिला हिंसालाई सबैको साझा समस्याको रुपमा लिएर आवाज उठाउनुपर्ने बताए।

उनले पछिल्लो समयमा महिला हिंसाका घटना घटिरहेको बताउदै उनले समाजमा समस्या यथावत रहेकोले समस्या समाधानमा लाग्नुपर्न्ने बताए। उनले प्रहरी प्रशासन पत्रकार नागरिक समाजको सहकार्य आवश्यक रहेको बताउदै सबैको सहकार्यले घटनाम कमि आईरहेको बताए।कानुनी कार्यान्वयनमा जोड दिएमा घटना घट्ने बताए। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सामाजीक महासाखा प्रमुख शारदा बेल्बासेले सबै समुदायका समस्याहरुलाई सबैले आफ्नो समस्या ठानेर आवाज उठाउन आग्रह गरिन। उनले सहि सुचनाको अभावमा न्याय सम्पादक सहज नभएको बताउदै घटनाको बारेमा प्रहरी तथा न्यायीक क्षेत्रलाई सहि सुचना आग्रह गरे।

कार्यक्रममा वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख पुष्कर सिह ऐरीले निबेदकले बयान फेर्दा न्याय सम्पादनमा समस्या भएको बताए। उनले पिडितले पहिले निवेदन दिने र अदालत सम्म पुर्‍याउदा घरमै कुरा मिलेर बयान फेरीदा समस्या भएको बताए। उनले महिला हिंसा विरुद्धका मुद्दा दर्ता नहुने भन्ने नहुने भएकोले कुनै हिंसा भोगेमा मुद्दा दर्ता गर्न आग्रह गरे। कार्यक्रममा सञ्चारीका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोलले बिपन्न सिमान्तकृत महिलामा लैङ्गिक हिन्सा र समाधानका उपाय विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन। उनले कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समयमा आएका घटनाको अवस्था, स्थानीय तथा लुम्बिनी प्रदेश सरकारले हिंसा विरुद्ध गरेका कामहरू र पछिल्लो अवस्थाको बारेमा जानकारी गराएकी थिइन।

कार्यक्रममा मानव अधिकारको लागि महिला,एकल महिला समूह लुम्बिनी प्रदेश अध्यक्ष जानुका घिमिरे, एकल महिला सीता आचार्य, सीता थापा,दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का लगायतले बोलेका थिए। मानव अधिकारको लागि महिला,एकल महिला समूह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रुपन्देही सचीव रिता सेनले गरेकी थिइन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।