ताजा अपडेट »

रुपन्देहीका पोखरेल प्रगतिशील पत्रकार संघ नेपालको संयोजक चयन

सोमबार, १३ असार २०७९, ०८ : ०८
6 Shares

बुटवल । रुपन्देहीका पत्रकार श्यामलाल पोखरेल प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रिय संयोजकमा चयन भएका छन्। राष्ट्रिय जनमोर्चा निकट संघको यही असार ११ गते बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले पोखरेललाई संयोजकमा चयन गरेको हो ।

बैठकले केन्द्रिय समितिका गोपाल भट्टराई, जितेन्द्र खत्री, हरि न्यौपाने, मोनह वेलवासे र विशाल कार्कीलाई केन्द्रिय सदस्यमा चयन गरेको छ। प्रगतिशील पत्रकार संघ नेपालको छिट्टै भौतिक रुपमा बैकठ बसेर सम्मेलनको तिथिमिति तोक्ने र अन्य निर्णय गरिने संयोजक पोखरेलले बताए । प्रगतिशील पत्रकार संघ नेपालले देशका ५४ जिल्लामा संगठन बिस्तार गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।