ताजा अपडेट »

शान्ति समाजद्वारा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना

आइतबार, १२ असार २०७९, २२ : ४२
4 Shares

बुटवल । मानव अधिकार तथा शान्ति समाजले लागू औषध दुर्व्यसनविरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । दिवसको अवसरमा रुपन्देही शाखाले बुटवल उपमहानगरमा रहेका स्कलर्स होम एकेडेमी र लुम्बिनी बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

समाजले आइतबार दुबै विद्यालयका कक्षा ९ र १० का विद्यार्थी तथा शिक्षकहरू बीचमा लागू औषध विरुद्ध छलफल तथा सचेतना जगाएको समाजका रुपन्देही अध्यक्ष डिपि खनालले बताए ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय सभापति गोबिन्द खनाल प्रमुख वक्ता रहेको कार्यक्रममा शाखाका जिल्ला सचिव कपिल ज्ञवाली , कोषाध्यक्ष सबिता खनाल, सहसचिव कृष्ण पाण्डे ,कास सिता भटराई ,लिला लुइँटेल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा १५० भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।