ताजा अपडेट »

सैनामैनामा ३ दिने अगरबत्ती बनाउने तालिम, आत्मनिर्भरका लागि टेवा पुर्याउने

आइतबार, १२ असार २०७९, २१ : ३१
2 Shares

सैनामैना । सैनामैनामा ३ दिने अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । सैनामैना–११ सालझण्डीमा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत तीन दने अगरबत्ती बनाउने तालिम सम्पन्न भएको हो । कार्यक्रमको आइतबार एक समारोहकाबीच सम्पन्न भएको छ ।

सो अवसरमा नगरपालिका प्रमुख फणिन्द्र शर्माले सिपमुलक तालिमहरु दिई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम संचालन गरिएको बताए । उनले जीवनमा सीप सबैभन्दा ठूलो कुरा रहेको बताउँदै यस स्थानमा उत्पादन भएका अगरबत्तीहरु सैनामैनाका सबै पुजा पसलसम्म पुराउन सके महिलाहरुलाई समान्य खर्च गर्नका लागि पनि आफ्नै कमाईले गर्न सकिने कुरा बताए ।

त्यसैगरी सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले यस स्थानबाट उत्पादन भएका बस्तुहरु रुपन्देहीमै उत्कृष्ट बस्तुको रुपमा उत्पादन हुने कुरामा आफू पूर्ण बिश्वस्त रहेको बताए ।

सैनामैना नगर उपप्रमुख विना रानाले महिला परजिवी हुनालेनै उपेक्षित हुनुपरेको बताउँदै आयआर्जनका लागि सिपमुलक तालिममा जोड दिएको बताइन् । ‘अब अगरबत्ती उत्पादन गरेर केहि पैसा भएपनि अर्जन गर्न सकिने छ । हामीले जो कोहिले पनि एउटा मात्रै यस्तो सिप सिक्नु पर्यो कि जुन सीपले हामीलाई आफ्नो जिविका निर्वाह गर्नको लागि सहज होस् र धेरै सीपमा हात नहाली एउटै सिपमा पोख्त हुनको लागि पनि आग्रह गर्दछु ।’ उनले भनिन् ।

तीन दिनसम्म चलेको सो तालिममा सहभागी मध्ये लिला सापकोटा र सुश्मा सुनारले बोल्दै काम सजिलो र सस्तो मुल्यमा उत्पादन गर्न सकिने भएकाले सजिलै यो कार्य गर्न सकिने बताए । तालिममा ४२ जनाको सहभागिता रहेको थियो । मनकुमारी राइको प्रशीक्षण र तुल्सा ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।