२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

काठमाण्डौं । पूर्व सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजन्य र गम्भिर आपत्ति भएको प्रतिक्रिया दिएका छन् ।

Advertisement

आइतबार संघीय प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेका नेता बास्कोटाले क्यान र गठबन्धन सरकारमाथि ‘नेपाल टी २० लिग’ गर्न भारतीय  सेभेन थ्री स्पोर्ट्स कम्पनीलाई कमर्सियल सम्झौता दिएकोमा आपत्ति जनाएका हुन् । 

‘नेपालको एउटै खेल विश्व वरीयतामा अलि कति माथि छ भने, त्यो क्रिकेट नै हो । १४ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त देशमध्य नेपाल पनि एक हो । तर, यस सरकारले नेपालको सम्पूर्ण खेल क्षेत्रलाई भारतको सेभेन थ्री स्पोर्ट्स प्रालि कम्पनीलाई सुम्पियो । क्रिकेट खेलको बन्ध्याकरण गर्यो । त्यो पनि आठ वर्षका लागि । हामी सबैलाई थाहा छ, खेलाडीहरु लिगहरुमा ‘हायर’ हुन सक्छन् । तर, यहाँ सम्पूर्ण खेल क्षेत्रमाथिको नियन्त्रण एउटा भारतीय कम्पनीलाई दिइएको छ’ बास्कोटाले भने । 

यस अघि क्यानले ११ वैशाखमा लिग हुने मेल मार्फत् जनाएको थियो । यसपछि क्यानले ४ जेठमा नक्साल स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आधिकारीक घोषणा गरेको थियो । क्यानले प्रतियोगिता आधिकारीक घोषणासँगै नेपालमा चल्तिमा आएको फ्रेन्चाईज लिग गर्न नदिने बताएपछि एभरेष्ट प्रिमियर लिग संचालक आमिर अख्तरले पत्रकार सम्मेलन गर्दै क्यानको सो निर्णयको खण्डन र विरोध गरेका थिए । 

यसपछि क्यानले १० जेठमा भ्रामक समाचार अख्तरले सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण भएको विज्ञप्ती निकाल्यो । सोहि दिन बसेको क्यानको कार्यसमिति बैठकले नेपाल टी–२० लिग खेल्ने ६ टिम सहित तीन फ्रेन्चाइज लिगलाई क्षेत्रीय मान्यता दिने बताएको थियो । 

यस निर्णयसँगै कुनै समय क्यान निकट देखिएका आमिर अख्तर अहिले क्यानका सबैभन्दा ठुलो दुस्मनको रुपमा देखिएका छन् । सोहि प्रकण एकपटक संसदमा देखिएको हो । 

पूर्वमन्त्री बास्कोटाले सार्वजनिक खरिद ऐन मिचेर आर्थिक अनियमितता गरेको आरोप सरकारलाई लगाएका छन् । 

‘एउटा प्राइभेट कम्पनी जसलाई ८ वर्षको निम्ति सम्पूर्ण खेल क्षेत्र दिइएको छ । त्यो पनि सार्वजनिक खरिद ऐन मिचेर, विना प्रतिस्पर्धा प्राइभेट कम्पनीलाई दिइएको छ । यो खेद जन्य र गम्भिर आपत्तिको विषय छ । सम्झैताअनुसार भारतीय कानुन लाग्नेछ । जुन कुरा सम्झैताको २१ नम्बर बुँदामा प्रष्टसँग उल्लेख गरिएको छ । ४.२.२ अनुसार खेलाडी र खेल क्षेत्रको सम्पूर्ण ‘इन्टेलेक्च्युल प्रपर्टी राइट” पनि त्यही कम्पनीलाई दिइएको छ । यो खारेज हुनुपर्छ । खेलकुद मन्त्रलायले यसलाई खारेज गर्नुपर्छ ।”

बास्कोटाले यस्तो अवस्थामा खेल क्षेत्रलाई लैजाने हो भने खेलकुद मन्त्रालय र मन्त्रीको के काम भनेर प्रश्न गरेका छन् । ‘यस्तो अवस्थामा खेल क्षेत्रलाई लौजाने हो भने खेलकुद मन्त्रालयको के काम छ ? मन्त्रीको के काम छ ? क्यानको के काम छ ? सरकारले क्यानलाई पैसा दिनुको के काम छ ?” यस्तै उनले विदेशी कम्पनीलाई त्यसको सम्पूर्ण कानुनी अधिकार र प्रपर्टी राइट दिने कुरा अत्यन्तै घातक भएको र सम्झौता च्यातेर नयाँ सम्झौता गर्नुपर्ने साथै क्यान अध्यक्ष चन्दले क्रिकेट क्षेत्रलाई खत्तम बनाएको आरोप लगाए । 

‘हाम्रो सम्पूर्ण आन्तिरिक खेलहरुलाई बन्धक बनाउने विदेशको एउटा कम्पनीलाई त्यसको सम्पूर्ण कानुनी अधिकार र ‘प्रपर्टी राइट’ दिने कुरा अत्यन्तै घातक छ । व्यापक आर्थिक अनियमितता भएका छन् । सरकारलाई कानुन लाग्दैन ? सरकारले कानुन मिच्न पाउँछ ? परामादेशी भएपछि की कानुन पनि च्यातेको हो ? विधिको शासन खै ? सुशासन खै ? क्यानको चतुरबहादुर चन्दले यसरी चतुर्याई गरेर देशको क्रिकेट क्षेत्रलाई खत्तम गर्नु भएको छ । यो चानचुने विषय होइन । सरकारको ध्यानकर्षण गछौं । यसरी खेल क्षेत्रलाई बर्बाद बनाउने कुरा हुन सक्दैन । यो सम्झैता च्यातिनुपर्छ । पूर्नविचार गर्नुपर्छ । गर्ने भए नयाँ सम्झैता गर्नुपर्छ ।’ 

प्रतिकृया दिनुहोस्

Flash News

आर्थिक मन्दिका कारण अलिबाबाले गर्यो दश हजार कर्मचारी कटौती साउदीबाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाड्नु पर्ने बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी