ताजा अपडेट »

पश्चिमाञ्चल यातयात समितिका लोकराज महासंघको वरिष्ठ उपाध्यक्ष र लुम्बिनी संयोजकमा पाण्डे

आइतबार, १२ असार २०७९, १८ : ०४
6 Shares

बुटवल । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औं साधारण सभा तथा ७ औं अधिबेशनवाट पश्चिमाञ्चल यातयात समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल वरिष्ठ उपाध्यक्ष र वर्तमान अध्यक्ष यम प्रसाद पाण्डे लुम्बिनी प्रदेश संयोजकमा चयन भएका छन् । काठमाडौमा शनिवार भएको निर्वाचनमा महासंघको नेतृत्वमा लुम्बिनी प्रदेशवाट ४ जना निर्वाचित भएका छन् ।

पोखरेल र पाण्डे संगै महासंघको उपाध्यक्षमा वाणगंगा यातयात समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने र सचिवमा राप्ती ट्रक यातयात समितिका प्रशासन सचिव उमेश मजगैया निर्वाचित भएका छन् । त्यस्तै महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ, उपाध्यक्ष कृष्ण हरि जिसी, महासचिव राजेन्द्र कुमार वानिया, उपमहासचिव मेघराज सिग्देल, कोषाध्यक्ष ओमकृष्ण कार्की र सहकोषाध्यक्षमा राजन केसी निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको प्रदेश १को संयोजकमा विध्यापति उपाध्याय मधेश प्रदेशमा ध्रुव अर्याल, वागमति प्रदेशमा अर्जुन सापकोटा,गण्डकीमा विकास थापा लुम्बिनीमा यम प्रसाद पाण्डे कर्णालिमा प्रकाश अधिकारी र सुदुरपश्चिम प्रदेशको संयोजकमा मेथ राज भटृ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । त्यस अघि साधारण सभाले ओभरलोड नियन्त्रण, भारतीय गाडीहरुको नेपालमा निर्वाध आयातलाई नियन्त्रण गर्न सरकारसंग सहकार्य गर्ने र सरकारले तय गरेको ढुवानी भाडा व्यवहारमा कडाईका साथ पालना गर्न दवाव दिने निर्णय समेत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।