ताजा अपडेट »

व्यापार संघद्वारा बुटवल मण्डपको नाम परिर्वतन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह

आइतबार, १२ असार २०७९, १७ : ५८
6 Shares

बुटवल । रुपन्देही व्यापार संघले बुटवल मण्डपको नाम परिर्वतन गर्ने बुटवल उपमहानगरपालिकाको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नाम परिवर्तन गर्ने प्रस्ताव तत्काल फिर्ता लिएर बुटव सहकार्य र सामुहिक अपनत्वको संस्कृति अगाडि बढाउन आग्रह गर्ने गरेको छ ।

संघको सचिवालयमा संघका अध्यक्ष कृष्णप्रसाद घिमिरको अध्यक्षतामा बसेको नियमित बैठकले बुटवल उपमहानगरपालिकाको एघारौं नगरसभामा प्रस्तुत तथा पारित नीति तथा कार्यक्रममा ‘बुटवल मण्डप’ को नाम परिवर्तन गर्ने प्रस्ताव राखेकोमा आपत्ति प्रकट गर्दै गम्भिर ध्यानाकर्षण प्रस्ताव पारित गरेको जानकारी महासचिव दयानिधि भण्डारीले आइतवार एक विज्ञप्ती जारी गरि गराउनु भएको छ ।

बैठकले यहाँका व्यवसायिक संघसंस्था र दलहरुको संयुक्त प्रयासबाट सामुहिक सहकार्य र सबैको अपनत्व हुने गरी ऐतिहासिक ‘बुटवल’ को नाममा मण्डपको नामाकारण गरी केन्द्रीय सरकारको लगानीमा निर्माण थालिएको अवस्थामा सामुहिक सहकार्यको संस्कृतिलाई भत्काउने गरी नगरसभाले नाम परिवर्तन गर्ने निर्णय गरेकोमा सम्पूर्ण व्यवसायीहरुको भावनामा चोट पुगेको ठहर गर्दै नाम परिवर्तन गर्ने प्रस्ताव तत्काल फिर्ता लिएर बुटवल उपमहानगरपालिकालाई सहकार्य र सामुहिक अपनत्वको संस्कृति अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।