ताजा अपडेट »

रोहिणी गाउँपालिकाले ल्यायो ६२ करोड १९ लाखको बजेट

आइतबार, १२ असार २०७९, १३ : ४५
4 Shares

भैरहवा । रोहिणी गाउपालिकको आगामी आर्थिक बर्ष २०७९/०८० कि लागि ६२ करोड १९ लाख ९५ हजारको अनुमानित बजेट ल्याएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बजेटको आम्दानी स्रोतमा आन्तरिक आयवाट २ करोड ५७ लाख रुपैया संघीय सरकारबाट ४५ करोड ८७ लाख, प्रदेस सरकारबाट ६ करोड ५० लाख प्राप्त हुने अनुमान गरेको छ ।

बजेट प्रस्तुत गर्दै रोहिणी गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष करम हुसेन खानले गाउपालिकाको बैंक मौज्दात ६ करोड ५० लाख रुपैया रहेको र जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख रुपैया प्राप्त हुने प्रक्षेपण गरेको छ । यस्तै खर्चमा आर्थिक विकास तर्फ २ करोड ९९ लाख, सामाजिक विकास तर्फ २३ करोड ६६ लाख ४५ हजार रुपैया, पूर्वाधार विकास तर्फ र २० करोड ९० लाख, सुशासन तथा विपद् व्यवस्थापन क्षेत्रमा ४ करोड १४ लाख, कार्यालय सञ्चालन तथा व्यवस्थापनमा ९ करोड ९७ लाख, वडाकार्यालय सञ्चालन तथा व्यवस्थापनमा ५३ लाख रुपैया बिनियोजन भएको छ ।

गाउपालिकाले किसानलाइ धान र गहुको बीउ ५० प्रतिशत अनुदानमा दिने निर्णय गरेको छ । घर नभएका अति विपन्न परिवारलाई संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा तथा गाउँपालिकाको समेत आफ्नै लगानीमा घर निर्माण गराई नागरिकहरुको आवासको सुनिश्चितता प्रदान गर्ने नीति गाउपालिकाले लिएको जनाएको छ । सुरक्षित नागरिक आवाश कार्यक्रमलाई आर्थिक वर्षको शुरुबाट नै कार्यान्वयन गर्न संघीय सरकारको सशर्त बजेट ५५ लाख रुपैया विनियोजन गरिएको खा ले बताए । यस्तै गाउँपालिकाको प्रशासनीक भवन निमार्णका लागि ३ करोड ७० लाख बजेट छुट्ट्याइएको छ । ूउज्यालो रोहिणी कार्यक्रमू को लागि २३ लाख बजेट बिनियोजन गरिएको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा