ताजा अपडेट »

कक्षा १२ को परीक्षा दिएका अर्घाखाँचीका २० वर्षिय सरोजले गरे आत्महत्या

आइतबार, १२ असार २०७९, १२ : ५२
2 Shares

बुटवल । अर्घाखाँचीमा एक युवाले आत्महत्या गरेका छन् । जिल्लाको मालारानी गाउँपालिका–१ बसन्तपुरका २० वर्षीय सरोज भुसालले आत्महत्या गरेका हुन् । आइतबार बिहानै घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय विनोद भुसालले जानकारी दिए ।

उनले छत्रदेव गाउँपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका थिए । घटना बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।