ताजा अपडेट »

सागर र सुनिललाई बाहिर राख्दै क्रिकेट टिम घोषणा

आइतबार, १२ असार २०७९, १२ : ००
9 Shares


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ । 

मुख्य प्रशिक्षक पुवुदु दासानायकेले युवा बलर सागर ढकाल र ब्याटर सुनिल धमलालाई बाहिर राख्दै टिम बनाएका हुन् । दुबै खेलाडी अमेरिका भ्रमणमा भने समावेश भएका थिए । 

पुवुदुले सागर र सुनिलकाे स्थानमा बसिर अहमद र पवन शर्राफलाई माैका दिएका छन् । क्यानडा भ्रमणपछि यो टिमले नै नामेविया र स्कटल्याण्डसम्मिलित त्रिदेशीय श्रृंखला खेल्नेछ ।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शर्राफ, विनोद भण्डारी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।