ताजा अपडेट »

बाँकेमा लागुऔषध प्रयोग गर्ने १८५ जना पक्राउ

आइतबार, १२ असार २०७९, ०८ : ५७
6 Shares

नेपालगञ्ज । बाँकेमा लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढ्दै गएको छ। जिल्लामा लागूऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन्। ती मध्येमा १७५ पुरुष र १० महिला छन्।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसर पारेर यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।