ताजा अपडेट »

बुटवलमा मदन भण्डारी स्पोटर्स एकेडेमीद्वारा उच्च माविस्तरीय भलिबल प्रतियोगिता सुरु

शनिबार, ११ असार २०७९, २१ : ५१
4 Shares

बुटवल । ‘सबैका लागि खेल’ भन्ने नारासहित मदन भण्डारी स्पोटर्स एकेडेमीले सञ्चालन गरेको उच्चमावि स्तरीय भलिबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।

बुटवलको सिद्धेश्वरी लालकुमारी माविको खेलमैदानमा भएको प्रतियोगिताको पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन् । खेल उद्घाटन गर्दै उनले खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताए।

उद्घाटन खेल अन्तरगत शनिबार विभिन्न ६ समूह बीच प्रतिष्पर्धा भएको खेल संयोजक बुद्धी वश्यालले बताए । छात्रतर्फ गिर्वाण मावि तिलोत्तमा रुपन्देही विरुद्ध हरैया मावि प्रतिश्पर्धा गरे । प्रतिष्पर्धामा हरैया माविलाई पराजित गर्दै गिर्वाण मावि विजयी भयो ।

छात्रातर्फ पहिलो खेलमा सगरमाथा इंलिस बोडिंङ स्कूललाई नवज्योति मावि तिलोत्तमाले १ का विरुद्ध २ सेटले पराजित गर्यो । सिद्धेश्वरी लालकुमारी मावि र कान्ति मावि बीचको प्रतिश्पर्धामा ० का विरुद्ध २ सेटले कान्ति मावि विजयी भयो । यस्तै सिद्धार्थ बोडिंङ स्कूल र कुवरवर्ती बोर्डिङ बीचको प्रतिश्पर्धामा ० का विरुद्ध २ सेटले कुवरवर्ती विजयी भयो ।

न्यू होराइजन मावि र बुद्ध पब्लीक विद्यालय बीचको प्रतिश्पर्धामा ० का विरुद्ध २ सेटले न्यू होराइजन विजयी भयो । विजयी टिमले दोस्रो चरणमा प्रतिश्पर्धा गर्ने छन् । प्रतियोगितामा छात्रतर्फ ११ र छात्रातर्फ १८ विद्यालयका टिम सहभागी भएका छन् । उद्घाटन सत्रको अवसरमा खेलाडीहरुले मार्चपास गरेका थिए । त्यसमा कालिका मावि प्रथम भएको छ ।

यस्तै विद्यालय स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको पनि शनिबार नै उद्घाटन भएको छ । स्करर्स होम बुटवलमा भएको प्रतिश्पर्धा ३ दिनसम्म चल्ने छ । प्रतियोगितामा १ सय जनाको सहभागिता छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।