ताजा अपडेट »

पूर्वमन्त्री गोकर्ण बिष्टको पहलमा किरण पुस्ताकालय गोठदेखि महलमा

शनिबार, ११ असार २०७९, २१ : ४४
4 Shares

गुल्मी । ‘आज भन्दा ५४ वर्षअघि एउटा सानो गोठबाट यस किरणा पुस्ताकालयको स्थापना भएको थियो । स्ुरुमा गोठ अनि कहिले एक तले त कहिले दुई तले कच्ची भवन हुँदै आज यस्तो भव्य महलसम्म आई पुग्दा अत्यन्तै खुशी छौं’– त्यस पुस्ताकालयका परिकल्पनाकार तथा संस्थापक शशी पन्थीले भने–‘ यहाँ सम्म ल्याई पुराउन मुख्य पहल गर्नु हुने माननीय गोकर्ण बिष्टज्युलाई बिशेष धन्यवाद दिन चाहन्छु । ’
शनिबार गुल्मीको सदरमुकाम तम्घासको मुटु मानिने लाकुरीमञ्चमा रहेको किरण पुस्ताकालयको नवनिर्मित चारतले अत्याधुनिक भवनको उद्घाटन समारोहमा त्यस पुस्ताकालयका अध्यक्ष तथा संस्थापक उनै शशी पन्थीले गोकर्ण बिष्टले उक्त भवन बनाउन खेलेको भुमिका प्रति दिलै देखि धन्यवाद दिने र कृतज्ञता जाहेर गर्ने शब्द नै नपाएको बताए ।

उनले भने–‘ दुई तले कच्ची भवन जिर्ण बनेको कुरा गोकर्ण बिष्टज्युलाई सुनाएँ , देखाएँ , अरु नभए पनि पछाडी पट्टि पुस्तकहरु राख्ने एउटा सानो भवन बनाउन पाए हुन्थ्यो त्यसका लागि करिब ५० लाख सम्म रकमको आश मैले देखाएको थिएँ , उहाँले भन्न्ु भयो त्यसरी हुँदैन , पुरै भत्काउनुस दुई तीन करोडको नयाँ भवन बनाउनु पर्छ भन्नु भयो ।

सरकारी निकायमा रकम माग्ने, पहिलो पाउन गाह्रो , दोश्रो पाएर ठक्का पट्टा अनि निकासी गर्न गाह्रो ह्ुने कुरा मैले बmुझ्दै आएकोले भत्काउनु ह्ुन्न कि भन्ने लागेको थियो र नभत्काई एउटा खाडल खनेर नयाँ भवनको उहाँबाटै शिलान्यास गराईएको हो । पछि उहाँले नयाँ भवनलाई प्रयाप्त रकम परेको सुनाए पछि अब त बन्छ होला भन्ने खुशी पलाएको हो । ’

उनले यस अवसरमा हाल सम्म किरण पुस्ताकालय संग जोडिएर सहयोग पुराउने सबै जनालाई धन्यवाद दिदै खुशी बाँडेका थिए । ग्ुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्व मन्त्री बिष्टले भवनको उद्घाटन गर्दै शिलान्यास गर्दाको क्षणको स्मरण गर्दै भने–‘ भवनको शिलान्यास त गरें तर रकम कहाँबाट जुटाउने भन्ने टुङ्गो थिएन । त्यस कारण सोचें दुई तीन करोड रकम जुटाउन म आफैलाई धरौटी राखेर पनि बनाउँछु भन्ने आँट गरेको थिएँ ।

विभिन्न मन्त्रालयमा सोधे पाँच लाख भन्दा मिल्दैन भनें , अनि उ उहाँ स्ुशिल ज्ञवालीजीलाई भने मलाई जसरी पनि मेरो जिल्लाको महत्वप्ुर्ण एउटा पुस्ताकालय भवन बनाउनु छ त्यसका लागि तपाईले एक अर्ब रुपैयाँका जोह गर्ने पर्छ भनेर आग्रह गरें । एक अर्ब त चाँहिदैन्थ्यो तर मेरो कुरा बुझेर जग्ग अनुसारको प्रयाप्त रकम उहाँले छुट्टाउनु भयो र अहिले यसरी किरण पुस्ताकालयको भवन बनेको हो ।’

उहाँ अर्थात राष्ट्रिय पुनरनिर्माण प्राधिकरण, केन्द्रिय कार्यन्वयन ईकाईका पुर्व प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली पनि सोही उद्घाटन समारोहमा सहभागि थिए । उनले किरण पुस्ताकालयको भवन र बन्न लागेको गुल्मी अस्पतालको भवन पाहडी जिल्लाहरुमा पहिलो भएको बताए ।

भूकम्पपछि पुनरनिर्माणका क्रममा गुल्मीका थुप्रै शैक्षिक तथा स्वास्थ्य क्षेत्रको भवनहरु आफुले बढि चासो दिएर निर्माण गरेको बताउँदै ज्ञवालीले किरण पुस्ताकालयलाई यहाँ सम्म ल्याउने विध्वान शशी पन्थी लगायतको टोलीलाई धन्यवाद दिए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शैक्षिक क्षेत्रको विकासमा हालै नगरपालिकाले पारित गरेको बजेटमा प्रयाप्त रकम विनियोजन गरिएको भन्दै किरण पुस्तकालयलाई पनि निरन्तरण सहयोग गर्ने आश्वासन दिएका थिए ।

कार्यक्रममा मदाने गाउँपालिकाका पुर्व गाउँपालिका अध्यक्ष तथा किरण पुस्ताकालयका संस्थापक सदस्य दानबहादुर केसीले चार तले उक्त भवन २ करोड ९१ लाख ५२ हजार १७३ रुपैयाँ लागतमा सम्पन्न भएको जानकारी दिए । उनका अनुसार पूर्वमन्त्री बिष्टले नै भवनको २०७५ साल कार्तिक १८ गते शिलान्यास गरेका थिए ।

कोरोना महामारी र लकडाउनको बेलामा पनि भवन निर्माण कार्यलाई तिब्रता दिदै स्टुमेट अनुसार सम्पन्न गर्ने सुनिल समिर निर्माण सेवा प्रालिका प्रमुख नारायण पोखरेलको निर्माण टोलीलाई उनले धन्यवाद दिए ।

भवनमा तीन वटा सभाहल भएको , कोठा पाँच वटा , अट्याच वाधरुम सहित महिला पुरुषका लागि बेग्ला बेल्ये सात वटा शौचालय, बाथरुम , गार्ड रुपम र किचन रुम समेत रहेको बताए । उनका अनुसार शशी पन्थीले सुरुमा आफ्नै घरबाट पुस्तकालयको स्थापना गरेका थिए ।

उनको नाम शशी किरण पन्थी थियो । पछि उनले आफ्नो नाम शशी राखेर ‘किरण’ पुस्तकालयलाई दिई किरण पुस्ताकालय बन्न पुगेको हो । त्यस पुस्ताकालयबाट राष्ट्रिय स्तरको ‘क’ वर्गको ‘हाम्रो पुरुषार्थ’ सहित्ययिक पत्रिका त्रैमासिक रुपमा प्रकाशित हुँदै आएको छ ।

अहिले ९३ औं अंकमा प्रवेश गरेको छ । जस मध्ये २० अंक सम्म जिल्लाको धार्मिक , सांस्कृतिक , शैक्षिक , साहित्यीक , र अनुसन्धान्तमक कृतिाहरु पस्की सकेको छ । त्यस पुस्ताकालयमा नेपाली, संस्कृति , हिन्दी र अंग्रेजीमा प्रकाशित १० हजार पुस्तकहरु रहेका छन् ।

नयाँ भवन संगै डिजिटल लाईवेरीमा त्यस पुस्ताकालयको विकास यात्रा सुरु भएको छ । ई–लाईवेरी वा डिजटिल लाईवेरी बनाउनका लागि आफुले थप सहयोग गर्ने पुष्टले उद्घोष गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति उपसभापति भुवनप्रसाद श्रेष्ठ , धुर्कोट गाउँपालिका प्रम्ुख भुपाल पोखरेल, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्याल लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन समारोहमा पुस्ताकालयका पुर्व अध्यक्ष नरप्रसाद श्रेष्ठ , पदाधिकारी तथा प्रमुख सहयोगीहरु दीन पन्थी, मथुरा प्रसाद श्रेष्ठ, नन्दराम भुसाल, शेरबहादुर थापा लगायत दर्जनौलाई दोसाल्ला ओढाएर सम्मान गरिएको थियो ।

आगोलागीका बेला अग्नी नियन्त्रणका लागि आपत कालिन बारुण यन्त्र जडान भएको गुल्मीका लागि पहिलो भवन भएको गुल्मी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तारा प्रसाद भुसालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।