ताजा अपडेट »

रुपन्देही सैनामैनाबाट बिवाह भई अर्घाखाँची पुगेकी सरुको दाइजोका कारण गयो ज्यान

शनिबार, ११ असार २०७९, ०८ : १०

बुटवल । अर्घाखाँचीको मालारानीमा दाइजो थोरै ल्याएको विषयमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिका-२ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २३ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेका हुन् ।

दुई वर्षअघि रूपन्देहीको सैनामैना ४ कि सरूसँग मागी विवाह गरेका कमलले विवाहको केही समयपछि नै दाइजोको विषयमा श्रीमतीलाई तनाव दिने गरेको स्थानीय बुद्विराम खत्रीले बताए । ‘दाइजोको विषयमा पटक -पटक श्रीमानले पीडा दिएको कुरा सरूले बताएकी थिइन्, हत्याको मूल कारण यहीँबाट हुनुपर्छ, अनुसन्धानमा खुल्ला, विवाहको केही समयपछि नै विवाद सुरू भएको थियो,’ उनले भने ।

सरू र कमलको एक वर्षको छोरा छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले श्रीमतीको हत्या गर्ने कमललाई पक्राउ गरिसकेको छ ।शुक्रबार दिउँसोको सोही ठाउँमा रहेको शाहीटोलको जंगलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले घाँटी थिचेर हत्या गरेको कमलले प्रहरीलाई जनाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनले श्रीमती हत्या गरी सेउलाले ढाकछोप गरेर फालेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।