ताजा अपडेट »

१४ वर्षीया बालिकामाथि यौन दुरुपयोग

शुक्रबार, १० असार २०७९, १३ : ०८
2 Shares


झापा। झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग भएको छ । बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका–१० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।उक्त जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।