Jun 30, 2022
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा गत ८ वर्षदेखि ब्लड क्यान्सर पीडित एक महिलाको आफन्तजनले जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरेका छ्न ।
सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक निवासी दल बहादुर बिश्वकर्माकी श्रीमती यमुना विश्वकर्मा विगत ८ वर्षदेखि ब्लड क्यान्सरबाट पिडित भएको र उपचारका लागि घरको आर्थिक अवस्था कम्जोर भएकोले सबै सङँ सहयोगको अपिल गर्नु परेको परिवारजनले बताएका छन् ।
भारत हुँदै हाल वि.पि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको छ । आर्थिक अवस्था कमजोर र हाल उपचार गर्दागर्दै उपचार खर्च नै नभएकोले सम्पूर्ण मनकारीहरुलाई उनको जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । उनका श्रीमान दल बहादुर बि.कको यस्तो अपिल रहेको छ । उनले सहयोग गर्न चाहानु हुने महानुभावहरुका लागि निम्न फोन र खाता नम्बरहरु उपलब्ध गराएका छन् ।
९८४०९५२९२३र९८१००६२३६१
दल बहादुर बि.क.का खाता नं. दुबै
कुमारी बैंक ०४५०१३८२३०९००००१ एसबिआइ बैंक २१०१५२४१४०१२४२
प्रतिकृया दिनुहोस्