१६ असार २०७९, बिहीबार

Jun 30, 2022

भैरहवा । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले भोलिबाट जिल्लामा रहेका ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड बिरुद्धको खोप लगाउने तयारी गरेका छ । दुई चरणमा लगाईने खोपको सम्पूर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

Advertisement

जर्मन बायोटेक्नोलोजी कम्पनी को बायोटेकले अमेरीकी कम्पनी फाईजरको सहकार्यमा विकास गरिएको फाइजर बायोएनटेक नामक खोप सबै भन्दा सुरक्षित रहेको स्वास्थ्य कार्यालयको भनाई छ । स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार खोपको प्रभावकारीता ९१ प्रतिशत बढी रहेको जनाए । उनले खोप लगाउने सम्पूर्ण तयारी पुरा भई सकेको बताए । स्वास्थ्य शाखाका १६ वटै पालिकाका प्रमुख, शिक्षा शाखा प्रमुख र शिक्षा समन्वय समितिको सहकार्यमा सम्पूर्ण बिद्यालयहरुमा खोेप दिईने कार्यक्रम रहेको उनले जनाए ।

रुपन्देहीमा १० लाख ८७ हजार कुल जनसंख्या रहेकोमा ५ देखी ११ बर्ष उमेर समूहका १ लाख ४४ हजार ८ सय ५५ जनालाई खोप दिईने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दियो । कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लाका १६ वटा पालिकामा ९ सय ६६ वटा खोप केन्द्र तय गरिएको छ । खोपको लागी १ हजार ५२ जना खोप कार्यकर्ता र १ हजार ८ सय ९२ जना स्वयम सेवक परिचालन गरिनेछ ।

रुपन्देहीमा पहिलो चरणमा असार ११ गते देखी तिलोत्तमा नगरपालिका, लुम्बिनी नगरपालिका, देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकामा खोप दिइनेछ । यस्तै बुटवल उप महानगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका र मायादेवी गाउँपालिकामा १५ गते देखी खोप दिईने छ ।

५ देखी ११ बर्षका बालबालिका बिद्यालयमा नै रहने कारणले बिद्यालयलाई नै खोप केन्द्र तोकिएका छ । रुपन्देहीका केही बिद्यालयहरुमा बर्षे बिदा भएको कारण खोप लगाउने दिन बिद्यार्थीहरुलाई बिद्यालयमा बोलाइने छ ।

खोपको प्रभावकारीता बढी भएको कारण खोप अभियानमा सम्पूर्ण बालबालिकालाई सहभागी गराई दिन स्वास्थ्य कार्यालयले अभिभावक र सम्पूर्ण सरोकारवालामा अनुरोध समेत गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले नेपालमै सबै भन्दा बढी खोप रुपन्देहीमा लगाईएको दावी गरेको छ । नेपालको सरदर पहिलो मात्राको खोप लगाएका ८५ प्रतिशत एवम दोश्रो मात्राको खोप लगाएका ७० प्रतिशत मात्र रहेको छ । तर रुपन्देहीमा पहिलो मात्रा १ सय २ प्रतिशत र दोश्रो मात्रा १ सय प्रतिशत बढीले लगाएको कार्यालयको भनाई छ । जिल्लामा अन्य जिल्लाबाट काम गर्न आउने तथा बसाई गरिरहेका समेतको संख्या जोडेर प्रतिशत बढी आएको हो ।

रुपन्देहीमा ८ लाख ३५ हजार ७ सय ९० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ८ लाख ४२ हजार जनालाई खोप लगाईएको खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । रुपन्देहीलाई पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमले लक्ष्य भन्दा बढी खोप लगाउनुमा सहयोग गरेको शर्माको भनाई छ । अहिले जिल्लामा सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, मर्चवारी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिका गरि ७ वटा पालिका पूर्ण खोप घोषणा भई सकेका छन् । अन्य पालिकाहरु पनि अहिले घोषणाको प्रक्रियामा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

पर्खाल भत्किएर पुरिँदा एकको मृत्यु प्रजातन्त्र होइन गठबन्धनतन्त्र ! सर्वोत्तम लिटोको प्याकेटमा कीरा कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब ५ प्रतिशतले वृद्धि सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द रुपन्देहीको सैनामैनाका एक युवा मृत अवस्थामा फेला फुटबलर भरत र नवयुग एनएसी प्रतियोगिता खेल्न अमेरिका प्रस्थान डाइभर्सन निर्माणपछि खुल्यो पूर्व–पश्चिम राजमार्ग, कस्ताे छ अन्य सडककाे अवस्था ? मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं आज पनि देशभर वर्षाको सम्भावना श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव रोटरी क्लब भैरहवाद्वारा तिलोत्तमास्थित विद्यापिठका विद्यार्थीलाई कम्प्युटर तथा झोला वितरण एमाले निकट युवा संघको धान राेपाइँमा कुटाकुट बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, अवस्था गम्भीर असारे–१५ः ‘हिलोमा रमाउनेहरुको दाउ–१७’ काठमाडौंमा १४ जनामा हैजाको संक्रमण पुष्टि