ताजा अपडेट »

तिनाउमा वडाध्यक्षसँग गरिब कार्यक्रम

विहीबार, १९ पुस २०७५, १६ : ३६
2 Shares

बुटवल । तिनाउ गाउँपालिका वार्ड नं.२ पाल्पाले वडाध्यक्षसँग गरिब वडाध्यक्ष कार्यक्रम सुरु गरेको छ । शुुक्रबार तिनाउ गाउँपालिका वार्ड नं.२ का अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता, तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीको प्रमुख आतिथ्यतामा एक समारोह बीच सो कार्यक्रमको शुरुवात गरिएको हो ।

वडामा रहेका असहाय, अपाङ्ग,गरिब,नागररिकता नभएर भत्ता प्राप्त नगरेका वृद्धा र अशक्तहरुको लागि लक्षित गरिएको सो कार्यक्रमको पहिलो चरणमा १० जनालाई सहयोग प्रदान गरिएको छ । जाडोलाई मध्यनजर गर्दै उनीहरुलाई बलांकेट,स्विटर,टोपी, चामल,दाल ,तेल,नुन लगाएतका साम्रगी वितरण गरेको वडाध्यक्ष राजेश श्रेष्ठले बताए । लक्षित समूहका महिलालाई प्रदान सहयोग सामग्री गर्दै गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले वडाको कदम सराहनिय रहेको बताइन् । त्यसैगरी अक्ष्यक्ष घर्तीले वडाको यस्तो शुरुवातले जनतालाई स्थानीय सरकार र जनप्रतिनिधिको प्रतक्ष्य महसुुस गराउने बताउँदै निरन्तरता दिन आग्रह गरे ।

वडामा रहेका टोल विकास समितिबाट वास्तविक गरिब,असहाय,अपाङ्ग व्यत्तिहरुको छनौट गरी उनीहरुलाई सहयोग प्रदान गरेको बताउँदै आगामी दिनमा यसको प्रभावकारिता र आवश्यकता अनुसार निरन्तरता दिँदै सहयोग वृद्धि गर्ने वडाध्क्ष श्रेष्ठले बताए । कार्यक्रममा सुुआहारा फिल्ड सुपरभाइजर सिता पाण्डे,हरियाली टोल विकास संस्थाका अध्यक्ष छविलाल के.सी. लगाएतले वडाले गरेको कार्यक्रम नयाँ र महत्वपूर्ण रहेको बताए । कार्यक्रम गाउँपालिकाका सचिव टेकप्रसाद घिमिरेले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।