ताजा अपडेट »

यूएई ८१ रनमै अलआउट, अस्मिनाले एक्लैले लिइन् ५ विकेट

शुक्रबार, १० असार २०७९, १० : १७
6 Shares

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई)ले सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएई १९.४ ओभरमा अलआउट हुँदै ८१ रनमै समेटिएको हो । यूएईका लागि बैष्षणी महेशले सर्वाधिक १६ रन जोडिन् । त्यस्तै, इशा ओझाले १५ रन बनाइन् । नेपालकी अस्मिना कर्माचार्य एक्लैले ५ विकेट लिइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।