ताजा अपडेट »

चार वर्षीया बालिका बलात्कार आरोपमा १८ वर्षीय युवक पक्राउ

विहीबार, ०९ असार २०७९, २१ : ३२
41 Shares

बारा । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका-२२ का एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चकरीका १८ वर्षीय युवक रहेका छन् । बालिकाको अभिभावक घरमा नभएको अवस्थामा युवकले बालिकामाथि बलात्कार गरेको आरोप छ ।

बालिकालाई बलात्कार गरेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । स्थानीयले सूचना दिएपछि प्रहरीले बुधवार युवकलाई पक्राउ गरेको हो ।

अमलेखगंजबाट पुगेको प्रहरी टोलीले युवकलाई पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय सिमरालाई बुझाएको थियो । पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थपका लागि बिहीबार दिउँसो जिल्ला अदालत लगेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले युवकलाई म्याद थप गरी अनुसन्धान अघि बढाइने बताए ।-इन्दिप कोइराला/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।