ताजा अपडेट »

लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा असार २३ देखि राष्ट्रपति रनिङ शिल्ड छनोट

विहीबार, ०९ असार २०७९, १९ : ११
2 Shares

बुटवल । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रदेश छनौट प्रतियोगिताको आयोजना हुने भएको छ । विहिबार बुटवलमा बसेको प्रदेश अन्तरगतको १२ जिल्लाका खेलकुद विकास समितिका कार्यालय प्रमुख, सुरक्षा निकायसहितको परिषद बैठकले असार २३, २४ र २५ गते दाङमा प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले छोटो तयारीका बीच प्रतियोगिता गर्न लागेको बताए । केन्द्रको ६ गते भएको निर्णय अनुसार प्रदेशको छनौट प्रतियोगिता गर्न लागेको उनले बताए । मुल समारोह असार २८ गते हुने केन्द्रको पत्रमा जानकारी आएको भन्दै उनले दाङमा आवश्यक संरचना भएको हुँदा गर्न सकिने बताए । ‘कबर्ड हलका साथै ईन्डोर खेलका लागि स्थाई संरचना भएको हुँदा दाङ उपयुक्त छ ।’– उनले भने । खेलकुद विज्ञहरुको समन्वय बिना तयार भएको संरचना र प्रशिक्षण प्रभावकारी नहुने भन्दै त्यसमा ३ तहकै सरकारको जोड रहनुपर्ने बताए ।

शिक्षा, विज्ञान, युवा तथा खेलकुद विकास महाशाखा प्रमुख यम बहादुर केसीले प्रत्येक वर्ष प्रदेशमा खेलाडी प्रोत्साहनका २ प्रकारको मुख्य प्रतियोगिता गर्दै आएको बताए । केन्द्रको निर्णय ढिलाई गर्दा छनौट प्रतियोगिता गर्न केहि कठिनाई भएको उनले बताए । शिक्षा, विज्ञान, युवा तथा खेलकुद निर्देशनालय प्रमुख मनोज कुमार गैरेले यसअघिका वर्षमा आयोजना गरिएको प्रतियोगिताका आधारमा कमिकमजोरीहरु हटाउदै जाने बताए । कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका प्रमुख पद्मा चौधरीले प्रतियोगिता आयोजना गर्न दाङमा आवश्यक पुर्वाधार रहेको बताईन । आधारभुत रुपमा धेरै खेल गर्न सकिने उनले बताईन ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका कोषाध्यक्ष कोशिश बहादुर खड्काले खेलाडीलाई पर्याप्त समय नहुँदा कठिनाई हुने भएपनि त्यसको समाधान हुने गरि तयारीमा लाग्नुपर्ने बताए । बैठकमा स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर कार्यभार आएको हुँदा पनि जिल्ला छनौट नै हुन नसकेको खेलकुद विकास समितिका जिल्ला प्रमुखहरुले गुनासो गरे । संघीय संरचना अझै पनि खेलकुदमा कायम नहुँदा र जिल्लामा पदाधिकारी विहिन हुँदा कठिनाई भएको उनिहरुले बताए ।

प्रदेश खेलकुद विकास परिषदका सदस्य तथा भलिबल प्रशिक्षक अर्जुन घिमिरेले खेलाडी र विद्यार्थीहरुका लागि राष्ट्रपति छनौट प्रतियोगिता मिनि ओलम्पिक भएको बताए । प्रतियोगिता आयोजना समय कम हुँदा ब्यवस्थापनमा समस्या हुने भएपनि त्यसलाई कम हुने गरि सबैको साथमा अघि बढ्नुपर्ने सुझाव दिए । रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, शस्त्रप्रहरी बल बुटवलका प्रमुख सुरज पाण्डेले आवश्यक सहयोग गर्ने प्रतिवद्घता जनाए । प्रतियोगिताका लागि प्रत्येक जिल्लाबाट विभिन्न विद्याका न्युनतम ८८ जना खेलाडीहरु सहभागी हुनेछन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।