ताजा अपडेट »

भारी वर्षाले भूकम्प पीडितको उद्दारमा कठिनाई

विहीबार, ०९ असार २०७९, १४ : ५५
6 Shares

काबुल–अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै 'कोल्याप्स'को अवस्थामा पुगेको थियो । भूकम्प पीडितको उद्दार र राहतका लागि तालिबानले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । वर्षापछिकाे बाढीले सडक प्रभावित भएकाे छ  । 

‘हामी प्रभावित क्षेत्रमा राम्रोसँग पुग्न सकेका छैनौँ । नेटवर्कहरू धेरै कमजोर छन्’ एक तालिबान प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।