ताजा अपडेट »

ह्विलचियर पाएपछि अपाङ्गता भएकाहरूले यस्ता देखे सपना

विहीबार, ०९ असार २०७९, १४ : ०६
4 Shares


महोत्तरी । जन्मजात अपाङ्गता भएका बर्दिवास–४ का दिलबहादुर राई ह्विलचियर पाएपछि निकै खुशी देखिन्थे । अब दैनिकी केही सहज होलाकी भन्ने आश उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । उनी न सुन्न सक्छन् न त हिँडडुल नै गर्न सक्छन् । वरपर गर्न समेत अरुको पूर्ण साहारा अवश्यक पथ्र्यो । 

गौरिवास–काठमाडौं समाज र उपकार सेवा नेपालले दिलबहादुरलाई बुधरबार घरमै पुगेर ह्विलचियर प्रदान गरेको हो । अब घर वरपर आवतजावत गर्न अर्काको भर नपर्ने उनी बताउँछन् । आर्थिक रुपमा निक्कै कमजोर राईले गियरसहितको ह्विलचियर पाएपछि निकैबेर सुमसुम्याए र फटाफट चढेर हिँडे । गौरीवास–काठमाडौं समाजको सक्रियतामा उनीजस्तैं १० जनाले ह्विलचियर पाएका छन् ।

बर्दिबास–५ का प्रनिल गौतमले ह्विलचियर पाएपछि टाढा टाढासम्म घुम्न जाने सपना पूरा हुने अवस्थामा आएको बताए । मुख्य सडकमा ह्विलचियर चलाउँदै आफूजस्तै अपाङ्गता भएका साथीहरू गुडिरहेको देख्दा प्रनिल पनि यस्तै भइदिए हुने भनेर कल्पिन्थे । ‘गौरिवास–काठमाडौं समाज र उपकार सेवाले हाम्रो सपना साकार पारिदिएको छ,’ उनले भने ।

प्रनिल र दिलबहादुर जस्तै सन्दीप वाइवा, दीपा जोशी, रामकिसन महतो, भोटे बम्जन, मनमाया, अशोक सिंताङ्ग, विष्णुमाया र अम्बिका थिङ्गले ह्विलचियर पाए । नगरभरीका १० जनाले ह्विलचियर पाएपछि अभिभावकहरू समेत खुसी भएका छन् ।

‘शरीरिकरूपमा अपाङ्गा भोगिरहेकाहरूको मार्कालाई मध्यनजर गर्दै ह्विलचियर प्रदान गर्ने निर्णय गरेका हौँ ।’ गौरीवास–काठमाडौं समाजका अध्यक्ष कृष्ण घिमिरेले भने । 
सर्पले डसेका बिरामी र अन्य रोग तथा इमर्जेन्सी उपचारका लागि सर्पदंश उपचार केन्द्र बर्दिबासलाई समेत समाजले एम्बुलेन्स प्रदान गरेको छ ।

यसअघि पनि गौरीवास–काठमाडौं समाजले नै बर्दिबास–३ का किसानहरूलाई बाँदरले दुःख दिएको भन्दै माहावीर पुनको आविष्कार केन्द्रबाट बाँदर धपाउने यन्त्र समेत ल्याएर वितरण गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।