ताजा अपडेट »

करको दर परिवर्तन नगर्ने कार्यपालिकाको सर्वसम्मत निर्णय: तिलोत्तमाका मेयर खाँण

विहीबार, ०९ असार २०७९, १३ : ३७
6 Shares

बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले हाल लिदै आएको करको दरमा कुनै परिवर्तन नगर्ने निर्णय कार्यपालिका बैठकको सर्वसम्मत निर्णय भएको बताएका छन्। गत असार ५ गते बसेको नगर कार्यपालिकाको बैठकले हालको करको दर रेटमा कुनैपनि परिवर्तन नगर्ने सर्वसम्मत् निर्णय गरेपनि कतिपय मिडियाहरुमा गलत समाचार सम्प्रेषण भएको भन्दै उनले त्यसबारे स्पष्ट पारेका हुन्।

नगरप्रमुख खाँणले विहिबार विज्ञप्ती जारी गर्दै कार्यपालिका बैठकमा सर्वसम्मत निर्णय भएको विषयलाई केहि मिडियामा र व्यक्तिहरुले कुनै पार्टी विशेषलाई आरोप लगाएर समाचार सम्प्रेषण गरेको भन्दै त्यसबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताएका छन्।‘आर्थिक वर्ष ०७९र०८० मा कुनैपनि करका दर परिवर्तन नगर्ने विषय कार्यपालिका बैठकमा सर्व सम्मत निर्णय भएकोमा विभिन्न अनलाईन मिडिया तथा सामाजिक संजालमा सामूहिक निर्णय विपरितका समाचार र टिप्पणीहरु सम्प्रेशित र प्रकाशित भएकोमा तिलोत्तमा नगर कार्यपालिका बैठकको गम्भिर ध्यानाकर्षण भएको छ।’ खाणद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

विज्ञप्तीमा करका दरहरु परिवर्तन नगर्ने विषय नेपाली कांग्रेस र नेकपा एमालेको तर्फवाट निर्वाचित सबै कार्यपालिकाका जनप्रतिनिधिको सर्वसम्मत निर्णय भएको समेत उल्लेख गरेका छन्। एमालेका निर्वाचित जनप्रतिनिधिले नगर प्रमुखको अध्यक्षतामा बसेको कार्यपालिकाको सिंगो बैठकले गरेको सर्वसम्मत् निर्णयलाई एमालेको दवावमा स्वीकार गरिएको भन्दै समाचार सार्वजनिक भएको र कांग्रेसका नेताले समेत सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना लेखेपछि आपत्ती जनाउँदै आएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।