ताजा अपडेट »

नेपाल मगर संघ प्रदेश–५को प्रथम ऐतिहासिक अधिवेशन,अध्यक्षमा सारु

सोमबार, २१ माघ २०७५, ११ : ००
4 Shares


माघ २१,
बुटवल । नेपाल मगर संघ प्रदेश नं ५ को प्रथम ऐतिहासिक अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार विहान सम्पन्न भएको छ । बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट बिमल सारुमगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सारु नेपाल मगर संघ प्रदेशको तीन वर्षे कार्यकालका लागि कपिलवस्तुबाट नेपाल मगर संघ ५ नं प्रदेशको ४९ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै अध्यक्षमा चुनिनुभएको हो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा सितलाल पुनमगर (दाङ), द्वितिय उपाध्यक्ष नविन थापामगर (पाल्पा) र महिला उपाध्यक्षमा धनी आलेमगर (रुपन्देही) निर्विरोध निर्वाचित हुनुभएको छ । मूख्य सचिवमा बाँके जिल्लाबाट गोपाल पुनमगर निर्वाचित हुनुभएको छ ।

यसैगरी तीन सचिवमा श्याम बहादुर बुढामगर (रोल्पा), प्रवेश पुनमगर (पूर्वी रुकुम) र जित बहादुर तरामु मगर (गुल्मी), महिला सचिवमा चित्रकलीबुढामगर(प्युठान), कोषाध्यक्ष डि. वि. थापामगर (नवलपरासी) र सहकोषाध्यक्षमा कृष्ण बहादुर सारुमगर (अर्घाखाँची) निर्वाचित हुनुभएको छ ।


भूगोल सदस्यबाट दिल कुमारी बुढामगर (रुकुम), तारक पुनमगर (रुकुम), बिमला बुढा थापामगर (रोल्पा), देविका घर्तीमगर (रोल्पा), किशोर बुढामगर (रोल्पा), मनिषा पुन मगर (प्युठान), भिमेश कुमार घर्तीमगर (प्युठान), लेखत बहादुर रानामगर (प्युठान), लक्षुमन बुढामगर (दाङ), श्री शारदा पुन बुढामगर (दाङ), हिरा पुनमगर (दाङ), आशमाली पुनमगर (बाँके), भूपेन्द्र पुनमगर (बाँके), हस्ता थापामगर (बर्दिया), हिरा बहादुर पुनमगर (बर्दिया), रेशमलाल सोमैमगर (कपिलबस्तु), लक्ष्मी सारुमगर ( कपिलबस्तु), तारापुनमगर ( नवलपरासी), मन बहादुर थापामगर (नवलपरासी), धन बहादुर रानामगर (पाल्पा), मीना रानामगर (पाल्पा), शान्ती झेंडीमगर (पाल्पा), सुशिला पुनमगर ( गुल्मी), मनोज काउछामगर ( गुल्मी), दिनेश कुमार जि.एम. (अर्घाखाँची), बसन्ता सारुमगर (अर्घाखाँची), इराधा झांक्री मगर (दाङ), यमुना श्रीसमगर (गुल्मी), जुनमाया घर्तीमगर (रोल्पा), पूर्ण बहादुर पाइजामगर, संजीव थापामगर, तेजेन्द्र पुर्जामगर, झंक बहादुर थापा मगर, मायाँपुरा रोका मगर (दाङ) र ज्ञान बहादुर थापामगर (रुपन्देही) लाई सर्वसम्मतले निर्वाचित गरेको छ ।

नेपाल मगर संघ रुपन्देही जिल्लाबाट भूगोल तीन सदस्य मनोनयन हुन बाँकी छ । केन्द्रिय भाषिक उपाध्यक्ष एवं निर्वाचन अध्यक्ष मण्डलका अध्यक्ष दल बहादुर वीरकट्टाले निर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई सपथ दिलाउनु भएको थियो । निर्वाचित सबैलाई निर्वाचन अधिकृत केहरसिङ रानाले निर्वाचित प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।


निर्वाचनपश्चात बोल्दै मगर संघका नवनिर्वाचित अध्यक्ष बिमल सारुले मगरात समुदायको पहिचान र हरेक पक्षको विकासका लागि आफ्नो कार्यकाल नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सारु आदिवासी जनजाति महासंघ कपिलवस्तुका अध्यक्ष रहेर भूमिका निभाइसक्नुभएका नेता हुनुहुन्छ ।

नवनिर्वाचित कार्यसमितिको अवधी ३ वर्ष रहने विधानमा व्यवस्था छ । माघ १९ गते ट्राफिकचोकमा बृहत जनप्रदर्शन सहित सम्पन्न उद्घाटन् सभालाई नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगर, महासचिव ज्ञानेन्द्र पुन, उपाध्यक्ष दल बहादुर विरकट्टा, महिला नेतृ बम कुमारी बुढा, दलजीत रोका, गीता सारु लगायतले बोल्दै ५ नं प्रदेशको नामाकरण मगराँत नराखिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिनुभयो । नेपाल मगर संघ प्रदेश ५ को प्रथम अधिवेशनले नेृतत्वचयन सहित पहिचान र मगराँत आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने म्याण्डेट दिएको नेताहरुले बताउनु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।