ताजा अपडेट »

आजबाट २७ जिल्लामा ५ देखि ११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप

विहीबार, ०९ असार २०७९, ०६ : ३८
6 Shares

बुटवल । बिहिबार आजबाट सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ। 

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ । बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।