१९ असार २०७९, आईतवार

Jul 3, 2022

बुटवल । देविनगरस्थित वेर्स्टन क्रिकेट एकेडेमीमा एक हप्ते विशेष क्रिकेट क्याम्प बुधबारदेखि  शुरु भएको छ । भारत मेघालय यु-१९ को प्रमुख कोच आईसिसि लेभल-२ कोच एस पि यादवले एकेडेमीमा खेलाडीहरुलाई प्रशिक्षण दिने छन् ।

Advertisement

लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले क्याम्पको उद्घाटन गर्दै उमेर समुहको क्रिकेटर उत्पादन गर्न नीजि क्षेत्रका एकेडेमीको महत्वपूर्ण योगदान भएको बताए । यसैबीच रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले एकेडेमीलाई बल हस्तान्तरण गर्दै क्रिकेट सिक्न चाहने बालबालिकाहरुलाई उर्जा क्याम्पबाट हुने दाबी गरे । एउटा निजि लगानीमा संचालन भएको एकेडेमीबाट अन्तराष्ट्रियस्तरको तालिम चलाउनु गर्वको विषय भएको उनले बताए ।

क्याम्पका प्रशिक्षक आईसिसि लेभल २ कोच एस पि यादवले नेपाली युवा क्रिकेटरहरुमा धेरै जागरुकता र सिकाईको भावना भेटेको बताए । करीब ३ वर्ष अघि पनि तालिम दिन बुटवल आएको आफ्नो अनुभव सुनाउँदै उनले क्रिकेट सिक्नका लागि मेहनत गर्न युवाहरुमा चाहना भेटेको बताए । कार्यक्रममा खेलकुद महासंघका अध्यक्ष सुरेन्द्र शाक्य, रुपन्देही लनटेनिस संघका अध्यक्ष सन्जय श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी मोहन थापा, नेपाली राष्ट्रिय टिमका खेलाडी देव खनाल, रुपन्देही जिल्ला क्रिकेट संघका सचिव सन्जय गुरुङ, उपाध्यक्ष धिरज अधिकारी, कोषाध्यक्ष निरजप्रताप खाँण, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठले खेल विकासमा सबैको क्षेत्रबाट हातेमालो जरुरी रहेको बताए ।

एकेडेमीका अध्यक्ष भुवन पाण्डेले नियमित वार्षिक कार्यक्रम अनुसार नै प्रशिक्षण कार्यक्रमहरु गरिदै आएको बताए । कोभिड संक्रमणका कारण दुई वर्ष स्थानीयस्तरमा नै प्रशिक्षण गरिदै आएको भएपनि अन्तराष्ट्रिय कोचबाट गरिने क्याम्पबाट खेलाडी पहिचान गरि अगाडी बढ्न मद्यत मिल्ने उनले बताए । एकेडेमीमा ४५ जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन ।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम