ताजा अपडेट »

पवित्र चाहानामा विश्वासघात !

बुधबार, ०८ असार २०७९, १६ : १८
6 Shares

तिमीले मानव मुक्तिका कुरा गर्यौं,जातिविभेद उन्मुलनका कुरा पनि तिमीले गर्यौ, असमानता र विभेदको विरुद्धमा तिमीले संघर्षको उठान गर्यौं, संघर्षले आंशिक सफलता प्राप्त गर्यो, संघर्ष गरेबापत,आन्दोलनको उठान गरेबापत जनताले तिमीमाथि विश्वास गरे, तिमीलाई आफ्नो मात्र होइन राष्ट्रको समेत नेतृत्व गर्न पाउने ठाउँमा पुरार्याइदिए। तिमीले ठूलो शक्तिको रुपमा स्थापित हुन पुग्यौं।

तिमी सत्ताको उपल्लो तहसम्म पुग्यौं । यो अवसर तिमीले पटक–पटक प्राप्त गर्यौं । जनताले तिमीमाथि विश्वास गरि रहे। हाम्रो नेतृत्व हामीसँग छ, भनि गर्भानुभूति गरि रहे। तिमी सत्तासिन भैसकेपश्चात् , संघर्षको रापताप सेलाइसके पश्चात् तिमी उल्टो दिशामा रुपान्तरण भैसकेको कुरा, तिमीमा समग्र मानव मुक्तिको विचार हराइसकेको कुरा जनताले मेसो पाइसकेका थिएनन्।

अपशाेंच! तिमीलाई पहिचान गर्नमा हामीले पनि भुल गर्यौं, हामीले पनि संघर्षको उठानको समयको एक क्रान्तिकारी योद्धाको रुपमा तिमीलाइ बुझ्यौं, तिमीलाई निश्चित भूगोल र निश्चित समुदायबाट माथि उठाउनु पर्दछ, भन्ने हामीले ठान्यौं, जसबाट समग्रमा लैजाने हाम्रो मान्यता रह्यो ।

देशमा उत्पीडित समुदाय र उत्पीडित भूगोलको नेतृत्व हुनुपर्दछ भन्ने विचार हामीले राख्यौं । तिमीलाई समग्र भूगोलको नेताको रुपमा स्थापित गरिरहँदा हामिले अनेकौं आरोप र लाञ्क्षना सहनुपर्यो। तरपनि हामीले कुनै प्रवाह गरेनौं । ती आरोप र आशंकाहरुको निरन्तर खण्डन गर्दै हामी अगाडि बढि रह्यौं। तिमीमाथि आशा विस्वास र भरोसा गरि रहयौं।

अपसोँच! तर हामी असफल भयौं ।तिमीलाई समग्र जातजाति ,समग्र भुगोल र समग्र समुदायको नेता बनाउने हाम्रो प्रयास असफल रह्यो। किनकि हाम्रो बाहिरी प्रयासले मात्र यो कुरा सम्भव हुँदैनथ्यो, प्रत्येक विषयमा आन्तरिक विषयनै प्रधान हुने हुँदा यहाँ पनि भित्रैबाट तिमी आँफै रुपान्तरण नहुँदासम्म त्यो सम्भव हुँदैनथ्यो। तिमी आफ्नो भूगोल र आफ्नो समुदायबाटमाथि उठ्न सकेनौं।

तिमीमा परम्परागत रुपमा रहेको जातिवाद र सामन्तवादी संस्कृतिमा रुपान्तरण हुन सकेन। तिमी केहि समयको निम्ति क्रान्तिकारी त बन्यौं तिमी स्वयम् भने जाति विभेद ,वर्ग विभेद,भूगोल विभेद र संस्कृति विभेदको चेतनाबाट माथि उठ्न सकेनौं। यथास्थितिवादको चेतनाबाट माथि उठ्न सकेनौं। तिमीलाइ हामीले सर्वमान्य नेताको रुपमा स्विकार गरेकोमा तिमिले हाम्रो कमजोरी ठानेउ।तिमिलाइ असबाट समग्रमा स्थापित गर्ने हाम्रो पवित्र भावनालाई तिमिले नजरअन्दाज गर्यौं ।

मेरो भूगोल र समुदायको आधारकै कारण यिनिहरु मेरो पछाडि छन् भन्ने तिमीले ठान्यौं। महान विचार र अग्रगामी सोँचका कारण नै यिनिहरु यहाँ छन् भन्ने कुरा बुझ्नमा तिमीले गल्ति गर्यौैं । जनताको अल्पकालीन समर्थनले तिमीलाई घमण्डी बनाइ सकेको थियो,तिमीमा आत्मकेन्दिृत व्यक्तिवादको रोग लाग्यो जस्लेगर्दा पछिल्लो चरणमा तिमीले हामीलाई सहयोद्धाको रुपमा होइन कि विपक्षीको रुपमा बुझ्न थाल्यौं।

तिमीले त्यहि स्कुलिङ्गको विकास गर्यौं,परिणाम ,तिमी र तिम्रो आदेश मान्नेहरुले हामीलाई बोझको रुपमा बुज्न थाले। अनि पछिल्लो समयमा तिमी ,सामुहिक निर्णय व्यक्तिगत उत्तरदायित्वबाट विचलित हुन पुग्यौं । जब तिमीमा रुपान्तरणको कुनै सम्भावना नै देखा परेन, जब तिमी झन्भन्दा झन् पछाडि फर्कन थाल्यौं अनि त्यो अवस्थामा पश्चातापसहित तिमीलाई छाडिदिनु बाहेक हामीसँग अर्को विकल्प कुनै बाँकी रहेन।

किनकि तिम्रो सर्वसत्तावादको अगाडि ,तिम्रो मनपरीतन्त्रको अगाडि ,तिम्रो संकुचित समुदायवादको अगाडि हाम्रो विचार,हाम्रो आदर्श ,हाम्रो नैतिकता र हाम्रो स्वाभिमानलाई सदैव दाउमा लगाउने गल्ती गर्न सक्दैनथ्यौं।

अत: हाम्रा विचार, हाम्रो भावना,हाम्रो स्वाभिमान पवित्र हुँदा–हुँदै पनि गलत नेतृत्वको कारण अग्रगामी यात्रामा केहि विलम्ब भएकोमा पश्चाताप सहित, पुनर्मुल्याकन सहित अगाडि बढ्ने समय आइपुगेको हो कि!- (लेखक शर्मा जसपाका केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष हुन्)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।