ताजा अपडेट »

बुटवलमा म्याद सकिएको औषधीमा नयाँ मूल्य र मिति राखेर विक्री गर्ने ३ जना पक्राउ

बुधबार, ०८ असार २०७९, १४ : ३९
4 Shares

बुटवल । बुटवलमा औषधीमा म्याद सकिएको औषधीमा नयाँ मूल्य र मिति राखेर विक्री वितरण गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन गाउँपालिका –२ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका–३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका–११ वैतडीका २६ वर्षीय हरिष भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई बुटवल उपमहानगरपालिका–७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधी तथा पोषणयुक्त साम्रागीको गोदाम गरेर नयाँ मुल्य राखी विक्रि वितरण गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २ सय कार्टुन बिभिन्न प्रकारका प्रशाधन (औषधी) तथा पोषणयुक्त सामाग्रीहरु र १ थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । पक्राउ परेका उनीहरु उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धको कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।