ताजा अपडेट »

कल बाइपास सञ्चालन गर्ने भारतीय नगारिक पक्राउ

बुधबार, ०८ असार २०७९, १३ : ३४


पर्सा ।  वीरगन्ज महानगरपालिका–२ बाट कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा  ठेगाना भएका ३८ वर्षीय ईरफान सुफियान खान छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा कल वाइपासमा प्रयोग भएका विभिन्न सामानहरू फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनको कोठाबाट ३२ पोर्टको भिओआईपि गेटवे १ थान, राउटर २ थान, ईन्भटर १ थान, नेपाल टेलिकमको सिमकार्ड ४० थान र एनसेलको सिमकार्ड ५८ थान प्रहरीले बरामद गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।