९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023


भैरहवा । स्कुल बस व्यवस्थापनका लागि चार वर्षअघि अर्थात १६ चैत ०७४ मा यातायात व्यवस्था विभागले निर्देशिका तयार गरेका थिए । तर, निर्देशिका बनेकाे चार वर्षदेखि रुपन्देहीका कुनै पनि निजी स्कुलले एक पटक पनि नपल्टाएकाे प्रष्ट हुन्छ ।

Advertisement

निर्देशिका बनाए पनि यसकाे कार्यान्वयन गर्ने निकाय निजी विद्यालयहरूकाे अटेरीपनले अलपत्र जस्तै भएकाे हाे । निर्देशिकामा १२ वर्षभन्दा माथि उमेरका विद्यार्थी बोक्ने बसले सिट क्षमताभन्दा बढी  विद्यार्थी बोक्न नपाउने, भाडामा लिएको बसमा ‘अन स्कुल ड्युटी’ लेखेर चलाउनु पर्ने, अग्नि नियन्त्रक प्रणाली तथा प्राथमिक उपचार बाकस राख्नुपर्ने, चालक तथा परिचालकले तोकिएको पोशाक लगाएर परिचयपत्र बोक्नुपर्ने लगायतका मापदण्डहरु छन् । जो रुपन्देहीका विद्यालयले पालन गरेका छैनन् । 

भैरहवामा अहिलकोे अधिकतम तापमान ४० डिग्रीसम्म पुगेको छ । सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किन सकिरहेका छैनन् । यस्तो अवस्थामा पनि रुपन्देहीका विभिन्न विद्यालयका बसहरूले भेडाबाख्रा कोचे झै बिद्यार्थी कोचेर विद्यालय पुर्‍याउने गरिरहेका छन् ।

ट्राफिक प्रहरीकाे अनुगमन

चर्को शूल्क असुलेर पनि विद्यार्थीलाई सहुलियतको नाममा भेडा बाख्रा बनाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुगमन सुरू गरेको छ । विद्यालयको यो अवस्था नियन्त्रणमा होस् भन्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव केसीकै नेतृत्वमा रुपन्देहीको विभिन्न ठाउँमा अनुगमन गरिएको छ । 

कार्यालय मातहतका निकायले स्कुल बस चेकजाँच गरी सम्झाइबुझाई गरेको छ । हामीले पहिलो दिन जिल्लाका विभिन्न ठाँउमा चेकजाँच गर्दा ६५ विद्यालयलाई सम्झाइबुझाई छाडेको ट्राफिक प्रहरी प्रमुख केसीले बताए । चेकजाँच गरिएको बसमध्ये अधिकांसले क्षमताभन्दा बढी बालबालिका बोकेका थिए । अधिकांस बस निर्देशिका विपरित रहेकोले सचेत गराइएको उनले भने । 

हामीले पहिलो चरणमा अञ्चललपुर, एयरर्पोट, धकधई, आँखा अस्पताल, मायादेवी, पर्सा लुम्बिनस्, सालझण्डी, सरौली, मंगलापुर, छपिया बजार र डण्डा पुल अगाडि विभिन्न बसहरू चेकजाँच गरेको यसलाई अभियानकै रुपमा लैजाने ट्राफिक प्रहरी प्रमुख केसीले बताए । 

दुई जना विद्यार्थी बस्ने सिटमा ४–५ जनासम्म राख्ने, उभ्याएर विद्यार्थी आसार्ने, बसको अवस्था दुरुस्त नरहेको पनि पाइएकोले पहिलो दिन यस्तो बसलाई सम्झाइबुझाई छोडेको कार्यालयले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने