ताजा अपडेट »

गगनको क्षेत्रमा इन्जिनियर पोखरेलले गरे स्वतन्त्रबाट उम्मेदवारी घोषणा

मंगलबार, ०७ असार २०७९, १० : २८
4 Shares

काठमाडौँ । आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार बिहान कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने  घोषणा गरेका हुन् ।

योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएकाले आफूले राजनीतिमा जित्ने उनले विश्वास व्यक्त गरेका छन्। आफ्नो तीनचरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको पनि उनले बताए । जसअन्तर्गत पहिलो चरणमा घरदैलोमा समस्या के हो भने घरघरमा गएर बुझ्ने, दोस्रोमा ती समस्याहरुको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेर समाधानका उपाय खोज्ने र तेस्रो चरणमा मत माग्न घरघरमा जाने उनको भनाई छ । ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प छैन’ भन्ने नारालाई अघि सारेका छन् ।

याे क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। ०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सफलतासँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहर बढेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।