१९ असार २०७९, आईतवार

Jul 3, 2022

सामान्य खर्च र आम्दानीले जीवन धान्नै धौं–धौं हुने अवस्था आएको छ । दिनानुदिन महङ्गाई बढ्दै गएको छ । खाद्यन्नदेखि हरेक बस्तुको मूल्य तिव्रगतिमा र अत्यधिक वृद्धि भएको छ । जनताका दैनिक आवश्यकता तथा जिविकाृपार्जनका लागि अत्यावश्यक पानी,चामल,दाल,तेल,तरकारी लगाएतका बस्तुको पनि निरन्तर उच्च वृद्धिले गरिब,न्यून आय भएका तथा निम्न वर्गका जनतालाई छाक टार्नै गार्हो भएको छ।

Advertisement

त्यसैगरी मध्यमवर्गीय स्तरका जनतालाई पनि महङ्गीले ढाड सेकेको अवस्था छ । जनजीवननै निकै प्रभावित भएको छ । त्यसो त महङ्गाइले कुनैपनि वर्ग तहका जनता र मुलुकलाईनै प्रभाव पार्दछ । तर,मजदुरी गरेर बिहान साँझ छाक टार्ने वर्ग, केहि निरन्तर कमाएर जिविकोपार्जन गर्ने निम्नवर्गी तथा मध्यम वर्गीका जनतालाई भने महङ्गाईले भने जिविकोपार्जनकै लागि सकस बनाउँछ ।

मुलुककै ठूलो नोट एक हजार लिएर बजार जाँदा केहि छाक मात्रै तरकारी र केहि दिन पकाउन मिल्ने सामग्री मात्रै आउने अवस्था छ । उता पकाउनकै लागि आवश्यक ग्यासको प्रतिसिलिण्डरको मूल्यपनि अत्यधिक बढेको छ । एक वर्ष अगाडि १३ सय मूल्य रहेको ग्यासको हाल १८ सय पुगेको छ । त्यस्तै अत्यावश्यक खाने तेलको मूल्य पनि दोब्बरले बढेको छ । एक वर्षमै दालको मूल्यपनि तिव्र वृद्धि भएको छ ।

यता पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य बढेको बढै छ । र, सबैको चासो र ध्यानपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा रहने गर्दछ । यसको जानकारीसँगै आलोचना र विरोधपनि हुने गर्दछ । केहि समय पेट्रोलिय पदार्थको मूल्यवृद्धिमा आलोचना र विरोध भएपछि सरकारले घटाएको थियो । तर, सर्वसाधारणदेखि सबैको भान्सा र जीवनमा अत्यावश्यक पर्ने तेलजन्य, तरकारीजन्य तथा खाद्यान्नको मूल्य र मूल्यवृद्धिप्रति भने धेरैको ध्यानाकर्षण नहुने, आलोचना र विरोध पनि निकै कम हुने गर्दछ ।

एक वर्षमै पटक–पटक अधिकांश वस्तु तथा सेवाको मूल्यवृद्धि भएको छ । यसबाट निम्न आय भएकाहरुलाई निकै छाक टार्न निकै कठिन भएको छ । मध्यमवर्गियलाई सामान्य जीवन जिउन धौंधौं भएको छ । तर, सरकार भने महङ्गी र त्यस्ता वर्गको समस्याप्रति संयमित छैन । सरकारले महङ्गी नियन्त्रण र जनताको राहतका लागि कुैनपनि पहलकदमी गतिविधि अगाडि सारेको छैन । उचित जिम्मेवारी र जनहितका लागि भूमिका निर्वाह गरेको छैन।

कोरोना महामारी र त्यसको असरबाट जनताका आर्थिक गतिविधि र आयस्रोतमा प्रभाव मात्रै परेन । ठूलो धनजनको क्षति पनि भयो । कोरोना पछि त बजारमै आर्थिक अभाव देखिएको छ । व्यापार व्यवसाय रोजगारमा गिरावट आएको छ । दैनिक मजदुरी गर्नेले मजदुरी गर्न पाएनन्, व्यापार व्यवसाय ठप्प भए । धेरैका रोजगार खोसिए, कतिका आयमा कटौती भयो । ती मजदुर निम्न आय भएका र नियमित व्यपार व्यवसाय गरेर वा रोजगार गरेर महिनामा केहि आम्दानी गर्ने अझै निजी क्षेत्रका रोजगारदाताहरु अझैपनि त्यतिबेलाको आर्थिक संकट र बोझबाट छुटकारा पाउन सकेका छैनन्।

हामीलाई थाहानै छ मुलुक धेरै कुराहरुमा आश्रित छ । विभिन्न देशबाट आयात गर्दा कैंयौं वस्तुको मूल्य महङ्गो पर्दछ । इन्धनकै सवालमा अन्तराष्ट्रियस्तरमा मूल्य समायोन हुने गर्दछ । आयात गर्दा वा अन्तराष्ट्रियस्तरमै मूल्यवृद्धि हुँदा नेपालमा पनि मूल्यवृद्धि हुनु स्वभाविक होला । तर, नेपाली जनताको अवस्था र स्तरबारे पनि सोँच्नुपर्ने होइन र ? सइन्धनको मूल्य बढ्दा केवल इन्धनको मात्रेै बढ्दैन पहिलो प्रभाव यातायात र ढुवानीमा पर्दछ । जसले गर्दा करिब सम्पूर्ण बस्तु तथा सेवामा लागत बढ्ने गर्दछ ।

यस्तो अवस्थामा सरकारले सहज मूल्य निर्धारण गर्नुका साथै निम्न र मध्यमवर्गीय जनतालाई राहतको व्यवस्था गर्न पर्दछ । अर्कोतर्फ सरकारले निजामती कर्मचारीको तलबवृद्धि तथा महङ्गी भत्ता व्यवस्था गरेको छ । तर, निजी क्षेत्रका कम आय भएका लाखौंका विषयमा भने न त राहत न त कुनै पहल गरेको छ । सरकारले स्वदेशी उत्पादन र प्रयोगमा जोड दिँदै स्वाधिन आत्मरिनर्भरका लागि योजना बनाएर कार्यान्वयनतर्फ लाग्न पर्ने हो ।

सरकार केवल नेतृत्व मात्रै नभई मुलुकका जनताको अभिभावक पनि हो । कोरोना महामारी र त्यसपछिको अवस्थाबाट आर्थिक संकट र अभावबाट गुज्रिएका जनताका लागि प्रभावकारी योजना र राहत दिनु पर्दछ । तिव्र मूल्यवृद्धि,न्यून आयबीचको अन्तर र प्रतिष्पर्धामा जनतालाई साथ दिनु सरकारको दायित्व हो । यदि आवश्यक परेमा राज्य सञ्चालनमा हुने अत्यधिक खर्च,विभिन्न निकाय र उच्च तहकाले लिन असिमित सेवा लगाएतका क्षेत्रबाट बजेट संकलन गरेर पनि सरकारले सर्वसाधारण जनतालाई राहत दिनु पर्दछ । तर, सरकार जनताका समस्या र पीडा भन्दा धेरै पर छ । जुन मुलुक र जनताका लागि विम्बना हो ।

लोकतन्त्रमा मुलुकका जनतानै सर्वेसर्वा हुन्छन् । तर, ती जनताको बाँच्न पाउने अधिकारनै खोसिने गरी मूल्यवृद्धि हुँदा र नियन्त्रण तथा राहततर्फ सरकारको ध्यान र कार्यान्वयन नहुँदा मुलुकमा ठूलो क्षति हुन सक्दछ । व्यवस्था र नेतृत्वप्रतिनै जनताको विश्वा हराउन सक्छ । समयमा समस्या समाधान नगरे मुलुक आर्थिक, खाद्यन्न र गरिबीको संकटमा पर्न सक्छ । तसर्थ सरकार र सरोकारवालाको समयमा ध्यान जाओस् । मूल्यवृद्धि र यसबाट पर्ने अवसर बारे समस्या समाधानमा तदरुकाता देखियोस् ।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम