ताजा अपडेट »

दाङमा सडक खन्दा ५३७ ऐतिहासिक सिक्का फेला

शनिबार, ०४ असार २०७९, २० : ४४
4 Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । विहीबार त्यस स्थानमा सडकको ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् । गोटिखोलादेखि–सिमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसीवी चालकले ति सिक्का भेटाएका थिए । त्यहाँ दुई वटा जेसीवीले बाटो खनिरहेका थिए ।

ति सिक्का भेटाएपछि दुबै जना चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खडकाले त्यहाँ जेसीवी चलाएका थिए । उनीहरु मध्ये सुवासले सडक खन्ने क्रममा ति सिक्का भेटाएका थिए ।तर, ति सिक्का राजनले पनि आफ्नो भागमा पार्नुपर्ने माग गरेपनि सुवासले नदिएपछि यो कुरा बाहिर आएको छ ।

त्यसपछि राजनले सम्बन्धित जग्गावालालाई जानकारी दिए । तुलसीपुर ४ रक्षाचौर निवासी शोभा भण्डारीको जग्गामा उक्त सिक्का भेटिएको हो । त्यसपछि जग्गा धनीले त्यहाँ सिक्टा भेटिएको कुरा प्रहरीलाई भनेपछि त्यो कुरा बाहिर आएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५ सय ३७ सिक्का भेटिका थिए । ति मध्ये ७६ वटा एक रुपैँया लेखेका भारतीय सिक्का र ४६१ वटा श्री ३ लेखिएका नेपाली सिक्का रहेका छन् । ति सिक्का तुलसीपुर १५ निवासी सुवाले घरमै लिएका थिए ।सिक्टा भेटिएको कुरा जग्गा धनीले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धन गर्दा सुवासकै घरमै लुकाई राखेको अबस्थामा बरामद गरेको हो । अनुसन्धनकै क्रममा ७ वटा सिक्टा घरमा भुइमा खसेको अबस्थामा भेटिएपछि ति सिक्टा खोजतलास गर्न सहज भएको थियो । सिक्टाहरु वि।स।१८०० तथा पृथ्वीनारायण शाहको लेखिएको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

भेटिएका सिक्काहरु सम्बन्धित निकायमा पठाउने प्रहरी निरीक्षक शाहीले बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी