ताजा अपडेट »

रुपन्देहीको भैरहवास्थित स्विमिङ्ग पुलमा डुबेर २७ वर्षिय सुमितको मृत्यु

शुक्रबार, ०३ असार २०७९, २१ : ५४
6 Shares

भैरहवा । भैरहवामा एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा डुबेर स्थानीय एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधर रहेका छन् ।

शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजे तिर स्विमिङ्ग पुलमा डुबेका थिए । उनलाई उद्धार गरी अस्पताल लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पौडेलले बताए । पौवामा बालबालिका र वयस्कका लागि अलग-अलग स्विमिङ्ग पुल रहेको छ । यससंगै एउटा पोखरी पनि होटल परिसरमै रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।